विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँची समाज जापानद्वारा जिल्ला अस्पताल लाइ २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa


जिल्लाको एक मात्र सरकारी अस्पताल अर्घाखाँची अस्पताल अहिले पन्ध्र शैयाको छ । पन्ध्र शैयाको अस्पताल भएपनी बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा ३७ वटा शैया राखेर उपचार गरिंदै आएको छ । अस्पतालको स्तरोन्नती नहुँदा र कर्मचारी अभावका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनु भयो ।

‘३७ वटा वेड राखेर उपचार गर्दा पनी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकेका छैनौं, डाक्टर तिवारीले भन्नुभयो,‘ विरामीको चाप बढि रहेको छ । १५ शैयाको अस्पताल अनुसारको दरवन्दी छ । यति धेरै विरामीलाइ भर्ना गरेर उपचार गर्नु पर्ने बाध्यता छ ।’
झण्डै एक महिना अँघि जिल्लामा भाइरलको प्रकोप बढ्यो । बिरामीको चाप बढेपछि भुँईमै राखेर उपचार गर्नु पर्यो । अस्पताललाइ पचास शैयाको बनाउने धेरै नेताहरुले कुरा गरेपनि कुरामै सिमित भएको छ । अस्पताललाइ पचास शैयाको बनाउन आफुहरुले पहल गरिरहेको प्रदेश सांसद चेतनारायण आचार्यले बताउनु भयो । ‘अस्पतालको स्तरवृद्धी नहुँदा सामान्य विरामीले पनी सास्ती खेप्नु परेको छ, उहाँले भन्नुभयो,‘ यसको स्तरोन्नतीका लागि हामीहरु लागि रहेका छौं ।’

अस्पतालमा अत्याधुनिक उपकरण भएपनी जनशक्तीको अभावले त्यो प्रयोगमा आउन सकेको छैन । ब्लड बैंक नहुँदा सामान्य बिरामी पनी बुटवल, चितवन, काठमांडौ लगायतका ठाँउमा रेफर गर्न पर्ने भएको छ ।
यस्तै उद्योग बाणिज्य संघ अर्घाखाँचीले गत बर्ष माघमा गरेको महोत्सवबाट बचेको केही रकमले अर्घाखाँची अस्पतालमा भवन निर्माण गरिरहेको छ ।
पुर्व उद्घोष गरे अनुसार आफुहरुले भवन निर्माण गर्न थालेको संघका उपाध्यक्ष नेत्र प्रसाद भुसालले जानकारी दिनुभयो । ‘चार वटा बेड अट्ने एउटा कोठा निर्माण गर्न लागेका हौं, उहाँले भन्नुभयो,‘ भुँई ढलान भएको छ, तिहार पछाडी अरु काम अँगाडी बढ्छ ।’ अस्पतालको विकासमा आआफ्नो क्षेत्रबाट सबैले योगदान दिनुपर्ने उहाँको भनाई छ । करिब २० लाख लागतमा भवन निर्माण हुन लागेको हो ।
यसैबिच अर्घाखाँची समाज जापानले जिल्ला अस्पताल अर्घाखाँचीलाई दुई लाख पचास हजार मुल्य बराबरका सामाग्रीहरु हस्तान्तरण गरेको छ । रोजगारीका लागि जापान गएका जिल्लावासीको संस्था अर्घाखाँची समाज जापानले ६ वटा शैंया सहित ढाई लाखका सामाग्री हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बिच अस्पताल परिसरमा ६ थान शैया, ६ थान बेड साइड लकर, चार वटा थ्री सिटर कुर्ची र १ वटा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको अर्घाखाँची समाज जापानका उपाध्यक्ष कृष्ण केसीले बताए ।
अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाई संस्थाका उपाध्यक्ष कृष्ण केसीले सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर तिवारी सहित, अर्घाखाँची हस्पिटल प्रालीका अध्यक्ष नारायण पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि, सहयोगी बिसी लगायतले मन्तव्य राख्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed