CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

फेटा GP PSA
716
सिम्रौन्गढ़ नपा psa


११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षीय भुपेन्द्र कुमाल, २३ वर्षीय पदम कुँवर, १२ वर्षीय शेरे कुमाल र २९ वर्षीय प्रेम कुमाललाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । गुल्मीमा उपचाररत घाइतेहरुको अवस्था सामान्य छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश