विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजा अर्यालको गजल फेसबुकमा

सिम्रौन्गढ़ नपा psa


साहित्यको नामले मान्छेहरु चिन्दा,
पहिला भन्दा पछि झन हुन्छन भिन्न,
हेर्दा रुप रङ्ग अलग बानी कुन्नी कस्तो,
बोलिचाली पनि नजान्ने कोहि अच्चमैको,
परिचयबाट हुन थाल्छ कुरा गर्न सुरु,
केही नजान्ने पनि ~बन्न थाल्छन गुरु।
बोल्न मात्र थाल्यो आइ लभ यु भन्ने,
फेसबुकमै मायाजाल र जोडि पनि बन्ने,
अच्चमै लाग्छ~मलाई कलियुग देख्दा,
मनमा आनन्द लाग्छ कविताहरु लेख्दा,
सुरु हुन्छ हेल्लो र~ हाइ गरेर च्याटिङमा,
बोल्न लाएको दुई दिनमै भेट्छन डेटिङमा।
फाइदा पनि थे~ फेसबुक र म्यासेन्जरमा,
गलत गर्ने बानीले पर्यु हामी गलत सोचमा,
सहि गलत छुट्याइ अगि बढ्नु हुन्छ नि राम्रो,
दुरप्रयोग होइन सदुप्रयोग गरौँ कर्तव्य हो हाम्रो।
फेसबुकलाई गलत होइन असल बनाउनलाई,
आफुबाटै सुधार गरौँ ~परिवर्तन ल्याउनलाई,
कोहि पनि हुन्न बुझ्नी जन्मदा हुन्छ अन्जान,
गल्ती भए स्विकार गरौँ~ हामी दु:ख नमान,
ठूलो हुने राम्रो काम गरि गल्तीलाई स्विकारी,
लिनुपर्छ परिवार,समाज र देशको जिम्मेवारी।
पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed