विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा सिद्धेश्वर मन्दिरको बृहद सरसफाई

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया, बारा ।।

बारामा छठको अवसरमा घाटहरुको बृहद सरसफाई गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ३ मा अवस्थित सिद्धेश्वर मन्दिरमा विहिवार स्थानिय समाजसेवी मिलेर छठ घाट, मन्दिर लगायतको सरसफाई गरि छठ पुजाको तयारी तिब्र रुपमा गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हरेक वर्ष झै यस बर्ष पनि खोला,–नाला र तलाउ मन्दिरलाई सरसफाई गरि बेहुली झै सिघारिएको छ । सिद्धेश्वर मन्दिरमा सरसफाई गरि पण्डाल, झालर बत्ति लगाई छठ पुजा गर्न व्रत्तालुहरुको लागि पुजा स्थाल निर्माण भईरहेको छ ।

Karaiya Mai Notice Winter

छठको बेला सम्पुर्ण हिन्दु समुदायका व्यक्तिहरु सवै एकजुट भई मन्दिर लगायत घाटको सरसफाई गर्ने गरेको स्थानिय समाजसेवी मुक्तिनाथ तिवारीले बताएका छन । हामी सानो हुदा देखि नै हाम्रा पुर्खाको पाला देखि नै सामुहिक रुपमा सरसफाई गरि छठ मनाउदै आएको तिवारी बताउछन ।

विधालय लगायत सम्बन्धित निकायले बेवास्ता गर्दा हामी स्थानिय युवा समाजसेवीलाई डाकेर मन्दिर छठ घाटको सरसफाई गरेको युवा समाजसेवी एव बारा बास्केटबल सँघका अध्यक्ष हरिओम साहले बताए । छठ पुजा गर्दा मागेको जनविश्वास रहदै आएकोले हामी युवा पुर्खाके धरोहरलाई बचाउन आफै लागिपरेको साह बताउछन ।

बारा बास्केटबल सँघका अध्यक्ष हरिओम साहको अगुवाईमा छठ घाट सरसफाईमा महिन्द्रनाथ शर्मा, रामजी राउत, सन्जोग शर्मा, छविरमण सुवेदि, सुर्याराज पासवान, संजय गुप्ता, सुरज तिवारी, सिताराम साह, विवेक तिवारी, अभिषेक तिवारी, विश्वास तिवारी, सनी कुमार, शषि कुमार, अनिकेत कुमार, प्रकाश कुमार, भिम कुमार, निखिल कुमार पप्पु कुमार, मौजे कुमार लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed