CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अमेरिकाको पेन्सलभानियामा धुमधामका साथ छठ मनाइने

फेटा GP PSA
1,838
सिम्रौन्गढ़ नपा psa

अक्टूबर १ अमेरिका –

महापर्व छठ आज क्षेत्रीय वा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व भइसकेको छ । मध्यदेशीय समाज संसारको जुन ठाउँमा गए पनि अफ्नो धर्म, भाषा, कला र सँस्कृतिलाई संरक्षणा र संवर्द्धन गर्दै आएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यसै क्रममा जहा रहे पनि आफ्नो मातृभूमि, पहिचान, एवं धर्म–संस्कृतिलाई नबिर्सी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, यी कुराहरु आफ्नो भावि पुस्तालाई पनि हस्तान्तरण गर्नु र सिकाउदै जानु पर्दछ भने उद्देश्यका साथ साथै एकअर्का संग भेटघाट गर्ने उदेश्यले पनि अमेरिकाको पेन्सलभानिया राज्यका वरिपरि रहेका मधेशीहरुले हरेक वर्ष झै यसपाली पनि मधेशीहरूको महान पर्व छठ धुमधामका साथ मनाउने भएका छन ।

Karaiya Mai Notice Winter

अमेरिका स्थित मधेशी अगुवा एवम् समाजसेवी अरविन्द सिंह का अनुसार महापर्व छठको महिमा अपरम्पार छ, यसमा हाम्रो शक्ति अर्कै किसिमका हुन्छन ।हामीहरू जो जहाँ रहे पनि बिर्सन चाहदैन र बिर्सिदैन पनि । हुनत् कार्तिक महिना नै पुरा पर्व त्वहारको महिना हो । त्यसमा पनि दशै बितिने बितिकै हामीहरूको मनमा एउटा अर्कै किसिमको उत्साह, उमंग र उर्जा आइहाल्छ त्यो हो महापर्व छठको ।

त्यसैले हामीहरूले ६-७ वर्षदेखि आफ्नो संस्कृति, संस्कार जगेर्ना एवं आफ्नो भावी पुस्ता लाई सिकाउने उदेश्यका साथ यस्ता कार्यहरू गर्दै आइरहेका छौ र यसको निरन्तरता पनि गर्दै रहन्छौ ।’ अब विस्तारै हामीहरूको संख्यामा वृद्धि हुदै जादा थप केही अरू ठाउहरूमा पनि मधेशीहरूले आ-आफ्नो सुविधा अनुसार मनाउने गरेका छन । यो अब अमेरिकामा बढदै गइरहेको छ । यो एउटा ख़ुशीको कुरा हो ।

यसले हामीहरूको बिचमा एउटा मेलमिलापका साथै आपसी आफ्नोपन पनि बढाउदै गइरहेका छन । आयोजक सुभाष कुमार बैठाका अनुसार ‘युवा साथीहरूको तथा बाच्चाहरुको उत्साह र बुजुर्गहरूको हौसल्लाले यस्ता कार्यहरू गर्न झन शक्ति प्रदान गर्दछ ।

यहाँका सबै साथीहरूको सहयोगले झन उत्प्रेरित गर्छ र यसको निरन्तरता आउने दिनमा पनि गरि रहने छौ त्यसैले हरेक वर्ष झै यो वर्ष पनि नवम्बर २ शनिवारका दिन साँझ (सझिया घाट ) र नवम्बर ३ आइतवार बिहान (भोरवा घाट ), 406 Windsor cir , exton pa 19341 मा हामी सबै साथीहरू मिली छठ पर्व मनाउन लागेका छौं, जसमा न्यूयार्क, न्यूजर्सी , अल्वानी र पेन्सलभानियाका आसपासका राज्यका साथीहरूको बाक्लो उपस्थिती हुनेछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश