CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सहिद परिवार लाई महापर्वको कोशेली, सरकार लाई संदेश : मजविस

फेटा GP PSA
935
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।।

हिन्दुहरुको महान पर्व छठ पुजा पछि अरु धर्मावलम्बीको सहिद परिवारमा छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बायन प्रदान गरेका छन। हाम्रो मधेशी रितिरिवाज र संसकार अनुसार एक धर्मको पर्व त्यवहारहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेक लाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली दिने चलन रहेको अनुसार मजविसले वारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा गएर कोशेली (बायन) दिएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राजनिती चलखेलमा जनताले आफ्नो आफन्त गुमाएको कुरा हरेक पर्व त्यवहारमा विशेष गरि सम्झना हुने गरेको कुरा हुन्छ र सोही अनुरुप समितिले त्यो कुराको मध्यनजर गरि हरेक पर्व त्यवहारमा सहिद परिवारको घरघरमा गएर सहानुभूति स्वरुप कोशेली दिने गरेको समितिका केन्द्रीय सदस्य अजय पटेलले बताए।

राजनितिको चपेटामा जनताले बारंबार परि आफ्नो आफन्त गुमाएको तर राजनीतिक दलका नेताकार्यकर्ताहरुले विभिन्न आश्वासन मात्र दिने गरेको तर पूरा नगरेकोले सहिद परिवारका आफन्त जनले बिचल्लीमा परि सर्वस्व गुमाएको महसुस गरिरहेको पटेलले बताए । दस वर्षे मावबादीको जनयुद्ध कालमा हजारौं जनता पिडित रहेको, ०६२/६३ को आन्दोलनमा परेका सयकडौं जनता त्यस्तै ०७२ को आन्दोलनमा पनि सयकडौं जनता सहिद तथा जिउँदो सहिद भएर आज जिवकोपार्जन गर्न पनि गाह्रो भएको बताउँछन् सहिदका आफन्त जनले भने पटेलले बताए। समाजका सहयोगी हाथाहरुले सहयोग नगरेको भए हामी भोकै मर्ने अवस्थामा रहेको आफ्नो पिडापोखेको समितिका केन्द्रिय सदस्य पटेलले बताए । पटेलका अनुसार यी राजनैतिक दलका महान नेता हरुले सहिदहरुको रगत बाट आफ्नो जीवनको रोटी सेक्ने काम मात्र गरेको बतार।

Karaiya Mai Notice Winter

यी नेताहरु जनतामा भ्रमका खेती गरी एक अर्कालाइ जुद्धाएर विभिन्न वहानामा आन्दोलन गर्न लगाइ जनता लाई नै मारेर आफुहरु सत्ताको कुर्सीको बाडफाड गरि सत्तामा कबजा जमाएर एउटा राजालाई हटाएर सयकडौं राजा सताको कुर्सीमा बसेको बताए। हुनत म पनि संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर नै हो तर यी नेताकार्यकर्ता हरुले आन्फो आचरणमा अहंकार भरी यो हाम्रो सुन्दर शान्त विशाल देशलाइ नर्कको खाडीमा धकेली रहेको पटेलले आरोप लगाए।

हाम्रो देश चार वर्ण र छ्तीस जातका फुलवारी भए तापनी विभिन्न जात जाती, धर्ममा विभेद गरि आज देशमा चारै तर्फ हत्या हिंसा बलात्कार आदि कुराको चपेटामा जनता पर्दा त्यसमा पनि आफ्ना नेताकार्यकर्ताहरुको भनाइ अनुसार न्याय दिनेगरेकोले आज जनता राजनीति बाट निकै नै आर्जित भएको पटेलको भनाइ रहेको छ।

यदि यस्तै परिस्थिति स्थिति रहि रह्यो भने हाम्रो मुल्क ठूलो खतराको कगारमा रहेको र हाम्रो देश कहिले पनि गुलाम नभएको तर जुनसुकै बेला कसैको गुलाम हुन बाट कसैले रोक्न नस्क्ने पटेलको भनाइ रहेको छ।

पटेलले भने हाम्रो देश सनातम धर्मको केन्द्र बिन्दु रहेको छ किनकी जनकपुरकी जगत जननी राजा जनकका सुपुत्री माता सिताको जन्म हाम्रो नेपाल नै रहेको जस्ले विश्व कल्याण  गर्न जन्म लिएका थिन र प्रचण्ड प्रतापी राजा रावणको अहंकार अंत भए पश्चात्  विश्वले शान्ति प्राप्त गरेका थिए। त्यस्तै अरुदेशको इसारामा हाम्रो देश वाट सनातन धर्म समाप्त गर्न लागेका महान प्रतापी नेताले गरि रहेको चलखेल पनि अब समाप्त हुने बेला आएको पटेलको भनाइ रहेकोे छ।

कोशेली दिन संचारकर्मी मुना ठाकुर, गणेश जी, अहमद हुसेन, चर्चित भोजपुरी गायक भोजपुरिया लाठीफाठा वाला लगायतका उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश