विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना,

सिम्रौन्गढ़ नपा psa


२१ कार्तिक बागलुङ (बडिगाड)

स्थानिय तह उपनिर्वाचनको सन्दर्भमा बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बागलुङका मुख्य निर्वाचन अधिकृत बासुृदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, निर्वाचन अधिकृत ध्रुव कुमार ढकाल, प्रहरी उपरिक्षक नवराज भट्ट सहितको टोलीले निर्वाचन अधिकृतको कार्यालय ग्वालीचौरमा स्थापना गरेको हो।

सो कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले निर्वाचनमा आचारसंहिता लाई पूर्ण पालना गराउन सरोकार वालाहरुले नै अनुगमन तथा नियमन गर्नुपर्ने बताउनु भएको छ।

Karaiya Mai Notice Winter

जिल्ला अदालत बागलुङका प्रमुख समेत रहनुभएका न्यौपानेले निर्वाचन शान्ति पूर्ण हुनेमा आफुहरु ढुक्क भएको विश्वास व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले निर्वाचनलाई बिश्वसनिय बनाउन कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिँदै सवैको सहयोगको अपेक्षा गर्नुभएको थियो।

सुरक्षाको काम होसियारी पूर्वक गरिएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन आम नागरिकलाई आग्रह समेत गर्नुभएको थियो। त्यस्तै निर्वाचन अधिकृत ध्रुव कुमार ढकालले निर्वाचन कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो।

कार्यक्रममा प्रहरी उपरिक्षक नवराज भट्ट, बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदी, शसस्त्र प्रहरी नायव उपरिक्षक बासुदेव लोहनी, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का बडिगाड अध्यक्ष गुणानिधि घिमिरे, नेपाली काग्रेसका बडिगाड सभापति अर्जुन प्रसाद खरेल, राष्ट्रिय जनमोर्चाका बडिगाड उपाध्यक्ष रुनमाया पाइजा, पत्रकार, कर्मचारी लगाएतको सहभागिता रहेको थियो।

सो कार्यक्रमको सञ्चालन निर्वाचन अधिकारी विकाश चन्द्र शर्माले गर्नुभएको थियो। बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागी यहि मंसिर १४ गते निर्वाचन हुन लागेको हो। त्रिभुवन नमुना माविमा २ वटा मतदान केन्द्र रहेको सो वडामा १ हजार ७ सय ४२ जना मतदाता रहेका छन्।

निर्वाचन कार्यक्रम अनुसार वडा अध्यक्षको लागी २७ गते मनोनयन दर्ता रहेको कार्यालयले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed