विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भैरहवा –बुटवल ६ लेन सडकमा सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान हुँदै

सिम्रौन्गढ़ नपा psa


रुपन्देही
कात्तिक २१,

भैरहवा –बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो।

सौर्य बत्ती भन्दा सस्तो हुने भएकोले स्थानीय तहको सहकार्यमा विधुतीय बत्ती जडान सुरु गरिएको हो।

सौर्य बत्तीमा पनि निश्चित समयमा व्यट्री परिवर्तन गर्नुपर्ने, सोलार प्यानल सफा गर्नु पर्ने लगायतको काम गर्नुु पर्छ समग्र खर्च हेर्दा विधुतीय बत्ती भन्दा बढी लागत लाग्ने, उज्यालो पनि कम हुने भएकोले विधुत्तीय बत्ती जडान गर्न लागिएको हो।

Karaiya Mai Notice Winter

तिलोत्तमा क्षेत्रको ६ महिनामा सक्ने गरी काम भइरहेको छ भने सडक अन्तर्गत पर्ने सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाले पनि सम्झौता गरि सकेको छ एक साता भित्रै सो क्षेत्रको पनि बोलपत्र आव्हान गर्ने तयारी छ।

तिलोत्तमा नगरपालिका क्षेत्रको करिब ९ किलोमिटर सडकमा भ्याट बाहेक ३ करोड ५९ लाख ९२ हजार ३ सय ८१ रुपैयामा टेण्डर आह्वान गरी सम्झौता अनुरुप काम भइरहेको छ,

१ सेप्टेम्बर २०१९मा सम्झौता भई ६ महिनामा सकिने गरी नरेन्द्र पि एस एस जेभी काठमाण्डौले कामको जिम्मा पाएको छ।

६ लेन सडकको प्रत्येक ३० मिटरका दुरीमा १० मिटर उचाईभएको वाई आकार पोलमा दुबै तर्फ १५० वाटको विधुत्तीय बत्ती जडान हुनेछ।

सडकको लागि उपयुक्त विशेष किसिमको एलइडी फ्लुड बत्ती मुख्य सडकमा जडान गरिन्छ भने सर्भिस रोडमा पहिलै रहेको पोलमा फलामको एंगल लगाई ४० वाट साधारण एलइडी बत्ती जडान गरिने छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed