विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतको सर्वोच्च अदालतको फैसला सांसद यादव द्वारा स्वागत

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको  निर्णय लाइ राजपा नेपाल बाट निर्वाचित सांसद रमेश यादवले स्वागत योग्य भएकोले त्यस फ्फैसला लाइ स्वागत गरेका छन्। राम मन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिन समेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ।

विश्व भरका हिन्दूहरुको मुख्य आस्थाको केन्द्र राम मन्दिर हो। भारतको सर्वोच्च अदालतको फैसला लाई राजपा नेपाल हार्दिक स्वागत गर्दछ भने आफ्नो अभिव्यक्ति सिअई एन नेपाल संग कुरा गर्दै बताए । ऐतिहासिक फैसला गर्ने मित्र राष्ट्र भारतका मुख्य न्यायाधीश गोगोई सहित न्यायाधीशहरू शरद अरविंद बोबडे, डीवाई चन्द्रचूड, अशोक भूषण, अब्दुल नजीरले सर्वसम्मत गरेको फैसलामा अबको तीन महिना भित्र ट्रस बनाउन मन्दिर निर्माण गर्ने गरेको निर्णय प्रति उहाँहरु लाई सांसद यादवले हार्दिक बधाई सहित आभार समेत ब्यक्त गरेका छन।

नेपाल,भारत सहित अन्य देशमा रहेका सम्पूर्ण हिन्दूहरु लाई लाई आ-आफनो तरिकाले यस ऐतिहासिक दिन लाई मनाऊंन यादव  आग्रह एवं अनुरोध गरेका छन् । यादवले सर्वोच्चको फैसला ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै निर्णयले भारतको एकता, अखण्डता र महान संस्कृतिमा बल पुगेको बताए।
Karaiya Mai Notice Winter
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed