विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गल्ती सुधार्न सकारात्मक धारणा सहित रचनात्मक आलोचना आवश्यक – मन्त्री कार्की

गल्ती सुधार्न सकारात्मक धारणा सहित रचनात्मक आलोचना आवश्यक - मन्त्री कार्की

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारले गरेको गल्ती र कमजोरी सुधार्न सकारात्मक धारणा सहित रचनात्मक आलोचना आवश्यक रहेको बताउनु भएको छ। उहाँले सरकारका क्रियाकलापमाथी निगरानी गर्दै पत्रकारले आफ्नो पेशागत धर्म अनुसार तथ्यपरक आलोचना गर्न सार्वजनिकरुपमा आह्वान समेत गर्नु भएको छ।
मंगलबार बिराटनगरमा फ्रीडम फोरमले आयोजना गरेको प्रदेश स्तरीय `पत्रकार सुरक्षा र दण्डहीनता ´ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्किले पत्रकारिता समाजको बाहिरि आखा भएको भन्दै सरकारबाट हुने गल्ती र कमजोरीलाई सुधार गरि सहिबाटो देखाउन सरकारको टिप्पणी गर्न माग गर्नु भएको छ। आलोचनाले ब्याक्तिलाई सुधरिने अबसर प्रदान गर्छ तर आलोचना तथ्यपरक हुनुपर्छ ।
कार्कीले दण्डहीनता कुनै पनि हालतमा सहिय हुदैन ।अपराधीले अपराध अनुसारको दण्ड पाउने भन्दै पत्रकारको सुरक्षाको प्रत्याभूति हुने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरुको सुरक्षाका लागि सुरक्षाकर्मिहरुको भुमिका समेत सकारात्मक रहेको बताउनु भयो। बिगतका तुलनामा भन्दा पत्रकारहरु सुरक्षित रहेको बताउनु भयो।
बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्थानीय तहबाट पत्रकारहरुलाई धम्काउने घटना दुखद रहेको भन्दै यसमा सुधार गर्नु पर्ने बताउनु भयो।उहाँले पत्रकारहरु यो पेशा छोडेर पलायन भयो भने हामीले देखेको सुखी नेपाली र सम्बृद्ध नेपालको सपना अधुरो रहने बताउनु भयो।
प्रदेश पत्रकार महासंघ अध्यक्ष बिक्रम लुईटेलले स्थानीय सरकारबाट पछिल्लो समय अझ त्रास कायमै रहेको र पत्रकारलाई प्रलोभनमा परेर भ्रष्टाचार लगायतका घटना लुकाउने प्रवृत्ति बढेको बताउनु भयो।
प्रदेश १ का महासचिव बिबेक गौतमले गैर राज्यपक्षको घटना कानुनी प्रक्रियामा गए पनि सरकार पक्षबाट भएको घटनाहरु कानुनी दायरामा न आएका कारण पत्रकारलाई अझ सुरक्षा चुनौती रहेको बताउनु भयो।
मोरङ्ग प्रहरी प्रमुख विश्व अधिकारीले हामी जहिले पनि पत्रकारको सुरक्षा प्रती सजक रहने र प्रहरी पत्रकार मिलेर काम गरेर सुरक्षा प्रबन्ध थप बलियो बनाउन सकिने बताउनु भयो।
फ्रीडम फोरमका अध्यक्ष तारानाथ दाहालले अहिले पनि पत्रकारहरु असुरक्षित रहेकोले पत्रकारको सुरक्षाको बिषयमा सरकारबाला संग प्रतिबद्धता खोज्ने उद्धेश्यले सातै प्रदेशमा यस्तो कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भयो। उहाँले हरेक वर्षको नोभेम्बर २ लाई दण्डहीनता विरुद्धको दिवशको रूपमा मनाउने आएको र त्यसमार्फत पत्रकारहरुको सुरक्षा र स्वतन्त्रताको बिषयमा सरकारबाला समक्ष कुरा उठाउने गरेको बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed