विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

सिम्रौन्गढ़ नपा psa

ईन्द्रजीत गोईत
धनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सेवा प्रदान गरिएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा घाटमा मेलामा आएका हजारौं श्रद्धालुहरुलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको थियो । सामर्थ नेपाल धनुषाको आयोजनामा सोमबार राती करिब ८ बजेदेखि सुरु भएको शिविर मँगलबार सम्म चलेको थियो । सो शिविरको क्रममा करिब ४ सय बढी श्रद्धालुहरुलाई सेवा प्रदान गरेको सामर्थ नेपाल धनुषाले बताए ।
प्रत्येक वर्ष लाग्ने मेला र भक्तालुहरुको भीडलाई मध्यनजर गर्दै हुने शारिरिक समस्यालाई हेर्दै निःशुल्क शिविर सँचालन गर्दै आएको छ । कमला स्नानको लागि कमला नदी पुगेका नेपाल भारतका विभिन्न स्थानका श्रद्धालुहरुलाई समस्या भएको बेला शिविर सँचालन गरी पहल गरेको सामर्थ नेपालका अध्यक्ष अर्जुन भूषालले जानकारी दिए । कमला स्नानको लागि कमला नदीमा पुगेका श्रद्धालुहरुको लागि शिविरमा विभिन्न प्रकारको औषधी समेत वितरण गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed