CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एपेन्डिक्सको शल्यक्रिया गराउँदा गुल्मीकी १७ वर्षीया लक्ष्मीको मृत्यु

फेटा GP PSA
569
सिम्रौन्गढ़ नपा psa


गुल्मी, कार्तिक २८ । गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको ‘एपेन्डिक्स’को शल्यक्रियाका क्रममा मृत्यु भएको छ।
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेपछि आइतबार थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिंदा रसालीको उपचारकै क्रममा मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेजमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा लगिएको थियो।
मृतककी आमा रेश्मी रसालीले शनिबार सामान्य बिरामी अवस्थामा छोरीलाई पाल्पा ल्याएको र आइतबार शल्यक्रिया गर्दागर्दै मृत्यु भएको बताइन्। शल्यक्रियाका क्रममा लापरवाहीका कारण छोरीको मृत्यु भएको रेश्मीको आरोप छ।
पीडित र भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालबीच सहमतिका लागि पटक–पटक वार्ता भएको छ। मृतकको शव भैरहवास्थित कलेजमै छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश