CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा मनाइयो १५औं राष्ट्रिय कफी दिवस

फेटा GP PSA
684
सिम्रौन्गढ़ नपा psa


१ मंसिर, गुल्मी ।

गुल्मीमा १५ राष्ट्रिय कफी दिवस गुल्मीमा बिबिध कार्यक्रम गरेर मनाइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय
कफी रोपणमा हामी सबैको साथ’भन्ने नाराका साथ कफी दिवस जिल्ला सदरमुकाम तम्घासमा
बिबिध कार्यक्रम राखिएको थियो ।

बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात
नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो । यस वर्षमा नेपालमै कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमै
केन्द्रिय कार्यक्रम राखेर कार्यक्रम गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक
दीपक खनालले बताए ।

दिवसको उदघाटन परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवालीले कफीको बोटमा पानी राखेर कार्यक्रमको शुभारम्भ
गरेका थिए । कफी दिबसको अबसरमा कफी प्रथम राष्ट्रिय कफी कपिङ प्रतियोगितामा १३ वटा जिल्लाका
१५ वटा स्याम्पल रहेको प्रतियोगिहरु मध्येबाट प्रथम, द्धितृय र तृतिय हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।

गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ ।
जहाँ ३२४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ ।

स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा कफी रोपण गरेको तथ्याङक रहेको खनालले प्रस्तुत गर्नुभएको छ ।
बोर्डले गरेको अध्ययनले नेपाल भर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने
अध्ययन गरेको थियो ।

Karaiya Mai Notice Winter

त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको निमित्त कार्यकारी निर्देशक
दीपक खनालले बताए । नेपाल भर हाल २७६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुदै आएको तथ्थयाङ्कमा उल्लेख छ ।

नेपालबाट ०७५÷०७६ मा ५३० मेट्रिक टन उत्पालदन भएकोमा ८४ दशमलव १३ मेट्रिक टन निर्यात भएको
तथ्याङकमा उल्लेख छ । नेपालबाट निर्यात भएको कफीबाट रु ९ करोड ९६ लाख मुल्या रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले पनि गुल्मी, अघाखाँची, प्युठान, पाल्पा र स्याङजा जिल्लालाई
कफी सुपर जोनको रुपमा विकास गरी कफीमा व्यवसायिककता बढाउने प्रयास गरिएको राष्ट्रिय चिया तथा
कफी बिकास बोर्डले जनाएको छ ।

उत्पादनको क्षेत्रमा पनि स्याङजा नै पहिलो स्थानमा रहेको पाइएको छ जहाँ बार्षिक ४६ मेट्रिक टन
उत्पादन हुने गरेको छ । नुवाकोटमा ३८ मेट्रिक टन र गुल्मीमा ३७ मेट्रिक टन उत्पादन हुने गरेको
तथ्यांकले देखाएको छ ।

कफी खेतीमा संलग्न किसानहरुको आधारमा भने कास्की प्रथम गुल्मी द्धितृय र काभ्रे तेस्रो रहेको छ ।
गुल्मीमा भने १७८ हेक्टर जमिनमा आपचौर र भण्डारी डाँडामा बिशेष गरी कफी खेती गरिदै आएको छ ।

कफी खेती गर्ने किसानहरुलाई कफीका बोटमा सेतो गवारो रोगले सताउने गरेको सन्र्दभमा सेतो गवारो
रोगबाट कफीका बोटहरुलाई बचाउनका लागि बिभिन्न उपचारात्मक कार्यहरु गर्न लागेको प्रधानमन्त्री कृर्षि
आधुनिकीकरण कफी जोन गुल्मीका प्रमुख उमानाथ भण्डारीले बताए ।

गुल्मीमा कफी सम्बन्धी बिभिन्न परिक्षण एबम् अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम
पनि राखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बडानम्बर–४ बलेटक्सारको भण्डारी डाँडामा ०७१ बैखास ३

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश