विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवालाई लागु औषध दुर्ब्यसनीबाट टाढा रहन जिल्ला प्रहरी कार्यालय प्रमुखको अनुरोध

युवालाई लागु औषध दुर्ब्यसनीबाट टाढा रहन जिल्ला प्रहरी कार्यालय प्रमुखको अनुरोध

सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता

Karaiya Mai Notice Winter

जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले शान्तिपूर्ण एवम सुरक्षित समाज निर्माण गर्न राष्ट्रलाई युवा शक्तिको खाँचो रहेकोले युवाहरूलाई लागु औषधको दुर्ब्यसनीबाट टाढै रहन अनुरोध गर्नु भएको छ ।
सोमबार विहान विराटनगर महानगरपालिका वडा नं. १४ स्थित सास्थम कलेजमा Rotaract Club Biratnagar ले आयोजना गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुर्ब्यसनी बिरूद्धको कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै उपरीक्षक अधिकारीले कक्षा ८ देखि १२ सम्म अध्यनरत तथा १५ देखि २४ बर्ष उमेर समूहका युवाहरू लागु औषध दुर्ब्यसनीमा बढि फस्ने कुरामा जोड दिनु भएको थियो ।
लागु औषधको प्रकार, यसको दुर्ब्यसनी, असर तथा बच्ने उपायहरूको बारेमा समेत जानकारी दिंदै उपरीक्षक अधिकारीले युवाहरूको लागि लागु औषध चुम्बक जस्तो भएको र यसले आफुतर्फ तान्ने हुनाले यसबाट बिशेष सजग रही आफ्नो भविष्य उज्वल पार्न समेत अनुरोध गर्नु भयो ।
Rotaract Club अध्यक्ष रोविन सुब्बा, Rotary Club अध्यक्ष श्रुती शर्मा, सास्थम कलेज डाईरेक्टर रोशन थापा लगायत सास्थम कलेजमा स्नातक तृतिय बर्षमा अध्यनरत बिद्यार्थीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरू, पत्रकार तथा प्रहरी कर्मचारीहरूको सहभागितामा उक्त कार्यक्रम भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed