CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगंजमा पनि मनाइयो अन्तराष्ट्रिय पुरुष दिवस

फेटा GP PSA
840
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, ३ मंसिर
महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नाराका साथ अन्तर्रािष्ट्रय पुरुष दिवसको अवसरमा आज वीरगंजमा ¥यालि निकालिएको छ ।हामी दाजु र दिव्य युवा क्लबद्वार आयोजित ¥यालिमा बिकास समाज पर्सा, माईती नेपाल, बिरगंज युवा समाज, बाल अधिकार सम्बर्द्धन अभियान समिति, भिजिट मधेश,  रोट्र्याक्ट कल्ब अफ मेट्रोपोलिस लगायतले हातेमालो गरेका थिए ।कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, जलेश्वर सर्राफ, धर्मेन्द्र पटेल, कोपिला चौलागाई, राहुल शाह,दिपु वर्णवाल,अमित शर्मा ,रबिन श्रेष्ठ  लगायतको सहभागिता .रहेको थियो ।

Karaiya Mai Notice Winter

घंटाघरबाट शुरु भएको ¥यालिले नगरपरिक्रमा गरी पुन घंटाघरमा आएर टुंगिएको थियो । दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले महिला दिवस, नारी दिवस आमा, दिदि, बहिनी तथा महिलाहरुको सम्मान स्वरुप मनाएजस्तै पुरुषहरुको पनि सम्मान स्वरुप यो दिवस मनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पित्तृसत्ता र पुरुसत्व जस्ता विषयले महिलाहरु हेपिएजस्तै पुरुष र बालकहरु पनि समस्यामा परेका हुँदा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यबद्दता, लैंगिक असमानताका कारण पुरुष र बालकमाथि परेको असर र समाजमा पुरुष र बालकहरुले गरेका सकारात्मक कामहरुको बारेमा चर्चा गर्ने उद्देश्यले यौन दुव्र्यवहारमा बालक पनि पर्दछन् भन्ने नाराका साथ गत बर्ष पहिलोपटक नेपालमा अन्तर्रा्ष्ट्रिय पुरुष दिवस मनाइएको थियो ।साथै नेपाल सरकारले वि.सं. २०७६ लाई “लैंगिक हिंसा विरुद्ध अभियान वर्ष” घोषणा गरेको सन्दर्भमा वीरगन्जमा पहिलो पटक यो दिवस मनाईएको बाल अधिकारकर्मी जया साहले जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश