विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छोरा विवेकशीलबाट प्रदेश सभा उम्मेद्वार, बुबा नेकपाबाट वडाध्यक्ष

सिम्रौन्गढ़ नपा psa

बाग्लुङः बाग्लुङ क्षेत्र नं २ ख मा अहिले चुनावि रौनक छाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले व्यवस्थाकै विरोधी जनमोर्चाका उम्मेद्वारलाई सघाउन स्थानीय कार्यकर्तालाई आदेश दिएको छ । काँग्रेसमा उम्मेद्वार पनि प्रचारमा छन् । चुनावमा अर्का एक उम्मेद्वार चर्चामा छन्, विवेकशीलका सन्तोष भण्डारी ।

चर्चाको कारण उनी सबैभन्दा युवा र नयाँ उम्मेद्वार भएकाले र उनको दलको कारण मात्र हैन उनी घरभित्रैबाट परिवर्तन भएर निस्किएका छन् अर्थान बुबा वडामा जनप्रतिनिधि छन् सत्तारुढ नेकपाबाट । तर उनले वैकल्पिक राजनीतिको बाटो रोजे । सन्तोषका बुबा ढोरपाटन नगरपालिका १ का वडाध्यक्ष छन् । छोरा सन्तोष भने विवेकशीलका अवधारणा बाग्लुङे नागरिकलाई बुझाउँदै जनमत बटुल्दैछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रदेश सांसद टेक बहादुर घर्तीको निधन भएपछि यस क्षेत्रमा हुन लागेको उप–निर्वाचनमा चियागफमा अहिले सन्तोषको उल्लेख्य चर्चा भइरहेको छ । बल्ब (चीम) चुनावचिन्ह लिएर मत मागिरहेका भण्डारी आफू र आफ्नो दलबारे मतदातालाई बुझाइरहेका छन् । विवेकशील नेपाली दलको स्थापना कालदेखि सकृय भण्डारी बाग्लुङकै बुर्तिबाङ ‘१’ मा जन्मिएका हुन् । आफू ओभरशियर पढेर पेशागत दक्षता हाँसिल गरेपनि समाज परिवर्तनको भोकले वैकल्पिक राजनीति स्थापित गर्न आफू उम्मेद्वार बनेको सन्तोषको दावि छ ।

सन्तोषलाई ‘चिम’मा मत माग्न यस क्षेत्रका युवाहरुले राम्रो साथ दिएका छन् । विवेकशीलका सदस्य बाहेक पनि स्थानीय युवाहरु उनको समर्थनमा विस्तारै खुलेर लाग्न थालेका छन् । अन्य दलका युवाहरु पनि सन्तोषका कुरा र उनको विगत बुझेपछि उनलाई साथ दिन थालेका छन् ।

अहिले विवेकशील नेपाली दलका प्रदेश नं ३ को प्रदेश सभामा २ जना सांसद छन् । प्रदेश सांसद एवं विवेकशीलका नेता रमेश पौड्याल भन्छन्, ‘हामीले प्रदेश ३ को प्रदेश सभामा गरेका सिर्जनात्मक प्रयोग सन्तोषजीले गण्डकीको प्रदेश सभामा पनि लग्नुहुनेछ । समग्रमा विवेकशील राजनीति गण्डकीको संसदले अनुभव गर्नेछ र त्यसका लागि बाग्लुङबाट सन्तोषजीलाई ‘बल्ब’ मै मत दिनुपर्नेछ ।’

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed