विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बन्दिपुरमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्मपनःप्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार २ लाख ११ हजार १ सय ११

सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा,मंसिर ३ गते । दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएका छन । कर्जन्हा नगरपालिका टुर्नामेन्ट समिति,बन्दिपुर,सिरहा दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।
कर्जन्हा नगरपालिका टुर्नामेन्ट समिति को आयोजना कर्जन्हा नगरपालिकाको सहयोगमा कार्तिक २५ गतेदेखि संचालन भएको दोस्रो मेयर कप फुटबल प्रतियोगिता खेल समापन भएको छ ।
बिरगंज युनाईटेज,बारा एलेबन र ईनर्वा नगरपालिका एफ.सी बीच कडा प्रतिस्प्रर्धा भएको खेलमा बिरगंज युनाईटेज,बारा एलेबनले ५ गोल हानी विजय भएको छ । कर्जन्हा नगरपालिका वडा नं.२ बन्दिपुरको खेल मैदानमा सुरु भएको दोस्रो मेयर कप फुटबल प्रतियोगिता फाइनलमा पुगेका बिरगंज युनाईटेज,बारा एलेबनले ५ र ईनर्वा नगरपालिका एफ.सीले १ गोल गरेका खेल संयोजक मनोज कुमार मगरले बताए ।
प्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार २ लाख ११ हजार १ सय ११ ,ट्रफि, प्रमाण पत्र, दोस्रो हुनेलाई नगद १ लाख ११ हजार १ सय ११ ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियोे ।
खेलमा ८ टिम सहभागी भएका थिए । खेल संयोजक मनोज कुमार मगरको को अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहको उपस्थिति रहेको थियो ।
बिशिष्ट अतिथि कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, बिशिष्ट अतिथि कर्जन्हा नगरपालिकाका उपमेयर ज्ञानु श्रेष्ठ, बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनाल,अतिथि समाजवादी पार्टी युवा नेता जितेन्द्र यादब लगायका वडा अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागितामा सम्पन्न भएको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed