विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपा नेपाल पर्साको पहिलो बैठक सिंहको नेतृत्वमा, ..

माईन्युट बुकमा मात्र सिमित नरही चौबीसें घण्टा जनताको साथमा रहन निर्देशन

सिम्रौन्गढ़ नपा psa

वीरगंज, मंसीर ४ ।

जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ । बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै घण्टा जनताको समस्यामा साथ रहन निर्देशन दिनुभएको छ । नेतृत्वमा बस्ने र माईन्युटमा नाम मात्रै लेखाएर हुँदैन तपाईँहरु जनताको माझमा जानुस, उहाँहरुको मसस्यामा सँगै उभीएर समाधान गराउनुस नेता सिंहले भन्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेता सिंहले जिल्लाको बलियो नेतृत्व अभावलाई पुरा गर्नको लागि आफुले जिल्लाको नेतृत्व सम्हालेको बताउँदै अन्य पार्टी भन्दा फरक रुपमा प्रस्तुत हुने दावि गर्नुभयो । हामि अरु जस्तो गरी चलेर हुँदैन नयाँ नेतृत्वले नयाँ तरिकाले काम गर्छ तपाइँहरु पनि स्वच्छ छवि बनाएर त्यसको लागि तयार हुनुस नेता सिंहले भन्नुभयो । सिंहको नेतृत्वमा बसेको बैठकलाई पार्टिको गतिविधिलाई जनस्तरमा केन्द्रित गर्नका लागि पर्साको चारै क्षेत्र र महानगर पालिका लगायत सवै नगरपालिकामा समेत मंसीर महिना भित्र पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष राजेश मान सिंह अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षहरू मदन यादव , जटाशंकर गुप्ता , प्रदीप चौरसिया , सचिव उमेश लाल सहनी , सह-सचिव उमाशंकर प्रसाद सर्राफ , केन्द्रीय सदस्यहरू बाबुलाल यादव , शम्भु चौरसिया, महाबीर शर्मा , मिनु ठाकुर , परमानन्द चौधरी , बरकतुल नेसा , प्रतिमा जोशी , इन्दु सिंह , मुस्लिम बिभाग को केन्द्रीय संयोजक खैरूद्दी मियाँ , महानगर अध्यक्ष लियाकत अली , अजय साह , क्षेत्रीय अध्यक्षहरू अयुब मियाँ , बैजु स्वर्णकार , मनोज ठाकुर , अकलेश यादव , जिल्ला नेताहरू रियाज मियाँ , सलाउद्दीन मंसूरी , जबार मंसूरी , चन्द्रिका सहनी , राहुल सर्राफ , नेताहरू बिष्णु पटेल , अफरोज अालम , संजीव यादव ,भुषाल चौरसिया , बिधार्थी नेताहरू मधुसूदन चौरसिया , सुमित चौरसिया , अमित यादव , महिला नेतृहरू संगीता दास , रेखा पासवान लगायतको सहभागिता रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed