विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सगरमाथा चौधरी आँखा अस्पतालमा कोर्निया सम्मेलन सम्पन्न

सिम्रौन्गढ़ नपा psa

मुकेश कुमार यादव

सिरहा । पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै सहज उपचार विधि अपनाउनको लागि युगाण्डा, बेलायतका विषय विशेषज्ञ सहित नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्थी लगायत अधिराज्यभरिका आँखा उपचारमा संलग्न विषय विशेषज्ञहरुको उपस्थिति रहेको छ ।

सगरमाथा चौधरी आँखा अस्पतालले आँखा सम्बन्धी हुने सबै समस्यालाई उपचार गरिरहेको भए पनि कोर्नियामा हुने समस्याको संवेदनशीलता हेरेर सहज तरिकाले उपचार गर्नको लागि सम्मेलनको आयोजना गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।

एशियाकै ठूलो सगरमाथा चौधरी आँखा अस्पताल लहानले दशकौंदेखि आँखाको रोगीहरुलाई उपचार सेवा दिइरहेको छ । अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाको रोगीहरु उपचार गराइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed