विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्यटक लोभ्याउन यात्रापुर्वको मिसन

पर्यटक लोभ्याउन यात्रापुर्वको मिसन

सिम्रौन्गढ़ नपा psa

उषा सरदार मंसिर ८
बिराटनगर , प्रदेश नं.१ मा रहेका पर्यटकीय गन्तब्यहरुलाई बिश्व सामु चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनको बिकाश गर्न यात्रा पुर्वको मिशनको शुभारम्भ गरेको छ।
आइतबार बिराटनगरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ‘इम्याजिन नेपाल’ को सहकार्यमा हुन लागेको यात्रापुर्वको मिशन कोशी टप्पुबाट आरम्भ भइ सन्दकपुर पुगेर सम्पन्न हुने पर्यटन यात्रामा रहेको युवा पर्यटकहरुलाई स्वागत सम्मान तथा शुभकामना दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश नं. १ कै सबैभन्दा होचो केचनाकबज र बिश्व कै सबैभन्दा अगलो सगरमाथा समेत यहि प्रदेशमा रहेको छ। त्यो बाहेक पनि घुम्ने दर्जनौं आकर्षक स्थलहरु रहेपनी प्रचारप्रसार नभएको कारण उक्त ठाउँमा पर्यटक पुगिरहेको छैन। उक्त ठाउँको प्रचारप्रसार र प्रवर्द्धन को लागि सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको बताउनु भयो।यो प्रदेश सांस्कृतिक , प्राकृतिक , भौगोलिक र धार्मिक विविधताले भरिपुर्ण रहनुको साथै हिमाल ,पहाड र तराईको भौगोलिक प्राकृतिक सुन्दरताले पर्यटक लोभ्याउने मन्मोहक दृश्यहरु भएको यो एक मात्र प्रदेश रहेको ठोकुवा गर्नु भयो।
चिया, रुद्राक्ष र लालीगुराँसको प्रदेश भनेर चिनिने यो प्रदेशमा तिनचुरे, जलजले,मिल्के र बिश्व सम्पदा सुचीमा परेको नाम्जे समेत रहेकोले यो प्रदेश अरु प्रदेश भन्दा खास छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले पर्यटन वर्ष २०२० लाई लक्षित गरि नेपालमा २० लाख र प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनु भयो।उहाँले भन्नुभयो ” हामी हाम्रा ठाउँहरु सम्म लगेर घुम्न लगाएर यस्ता यस्ता ठाउँ रहेछ जानकारि गराउनु हाम्रो उदेश्य रहेको बताउनु भयो।
नबिल बैंकका सिइओ अनिल केशरी साहले हामी प्रदेश र देश लाई चिनाउने प्रयास गरिरहेका छौं ।पहिला देश अनि बिदेश हाम्रो नारा रहेकाले हामी यो यात्रापुर्वको मिशनमा जान लागेको बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed