विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महिला फाउण्डेशन नेपाल द्वारा नेपाल इन्डिया युथ मिशनका अध्यक्ष सम्मानित

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ, १३ मंसिर महिला फाउंडेशन नेपालले काठमान्डौमा आयोजन गरेको बिशेस बैठकमा नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवाललाई समानित गरिएको छ । महिला फाउण्डेशनका अध्यक्ष बिमला भट्रराई, महासचिव रमा गिरी, सदस्य बिना भट्ट, अंजू भट्रराई, दिपिका तामांगले खादा ओढाई सम्मान गरेका हुन् । बैठकमा नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवालले पुरुष प्रधान देशमा महिलाहरूलाई शशक्त बनाउन जनचेतना जगाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

Karaiya Mai Notice Winter

साथै पहाड तथा हिमाली भेगमा अँझै पनि महिलाहरु चुलोचौखोमै सिमित भएको हुँदा उनिहरुलाई बाहिरको वातावरणमा घुलमिल गराउनुका साथै सबै क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । महिला फाउण्डेशन नेपालले देशमा महिलाहरूलाई आत्म निर्भर बनाउन खेलेको भुमिकाको प्रशंसा गर्र्दै उहाँले आगामी दिनमा पनि महिलाहरुको पक्षमा गर्ने कामहरुले निरन्तरता पाउनुपर्ने बताउनुभयो । यसका साथै नेपाल भ्रमन वर्ष २०२० लाई सफल बनाउन महिलाहरूले पनी बिशेस भुमिका खेलेको हुँदा बिदेसी महिला प्रयटकहरु लाई नेपाल भ्रमनमा आउन आकर्षित गरेको धारणा राख्नुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed