विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

सिम्रौन्गढ़ नपा psa


 मंसिर १७ ,गुल्मी / बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

Karaiya Mai Notice Winter

गुल्मीको इश्मा गाउँपालिकाबाट  कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो । दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ पठाइएको छ । थप उपचारको काठमाडाैं लैजान हेलिकप्टरको पहल गरिएको प्रहरीले जनाएको । जीपमा १८ जना सवार थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed