
उषा सरदार ,बिराटनगर
प्रदेश १ सरकारले मोरङ्गका पाँचवटा स्थानिय तहसंग संयुक्त सहकार्य र साझेदारी गरेर शनिबारदेखि सिंघिया खोला सरसफाइ महाअभियान सुरु गर्ने भएको छ। “सिंघिया खोलाको सफाइ अभियान , हामी सबैको सान” भन्ने मुल नाराका साथ खोलाको संरक्षण र सरसफाइ गर्ने महाअभियानमा बिराटनगर महानगरपालिका,कटहरी,बुढीगंगा जहदा र ग्रामथान गाउँपालिकासंग संयुक्त सहकार्य र साझेदारी गरिएको प्रदेश १ का सामाजिक बिकास मन्त्रालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। शनिबार बिहान साढे ७ बजे देखि बिराटनगरको पुष्पलाल चोक पूर्व घिनाघाटबाट सफाई अभियान शुरु हुने मन्त्रालयका निमित्त सचिब गणेश प्रसाद अधिकारीले बताउनु भयो।
उक्त अभियानलाई अगाडि बढाउन २ सय २४ सदस्य मुल समिती गठन गरिएको छ । उक्त समितिमा सामाजिक बिकास मन्त्री जीवन घिमिरे संयोजक र बिराटनगर महानगरपालिकाका मेयर सह संयोजक सहित सिंघिया खोलासंग जोडीएका स्थानिय तहका प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि,सरकारी कर्मचारी ,सुरक्षा निकाय,उद्योग संगठन , ब्यापार संघ ,एन. जि. ओ. , लायन्स कल्ब ,पत्रकार , परोपकार अभियन समूह रहेको छ।
सो अभियानमा संकलित फोहोर ड्म्पिङ साइडमा लगेर ब्यबस्थापन गरिने मेयर पराजुलीले बताउनु भयो।उहाले यो महाअभियानले खोलाको अस्तित्बलाई बचाउन र स्वास्थ्य बाताबरण निर्माणमा ठुलो भुमिका खेल्ने बताउनु भयो।अत्यधिक प्रदुषणले नदिको अस्तित्व नै सङकटमा परेकोले नदिको संरक्षणको लागि पहिलो चरणमा घिनाघाटदेखि भाथिगछ पुलसम्मा १० किलोमीटर क्षेत्र लाई सफा गरिने मन्त्री घिमिरेले बताउनु भयो।उक्त महाअभियानको लागि मन्त्रालयले एक सय जोर गम्बुट, एक सय थान डोको , एक हजार पाँच सय पिस मास्क,पाँच सय पिस डिस्पोजेवल पन्जा, खानेपानी,माईक तथा स्पिकरको व्यवस्था गर्नेछ।त्यस्तै महानगरपालिकाले सात सय थान एप्रोन,एक सय थान फोहोर तन्ने काँटा , बीस थान बेल्चा,बीस थान दबिया ,५० थान कचिया,२० थान फोरुवा २० थान डस्विन, २० पिस डोरि प्रचारप्रसार र फोहोर उठाउने सवारी साधनको व्यवस्थापन गर्ने छन । कटहरी गाउँपालिकाले २ सय जोर गम्बुट र छ सय जोर लामो पन्जाको ब्यबस्था गरेको छ भने बुढिगंगा ६५ जोर गम्बुट ,जहदाले ५० थान फोहोर तान्ने काँटा र ग्रामथानले ६५ जोर गम्बुट उपलब्ध गराउने छ





