विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली कांग्रेस पर्साका नेता यादव पक्राउ

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,२० मंसिर
पर्सा प्रहरीले नेपाली कांग्रेस पर्साका एकजना नेता हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरका नेपाली कांग्रेसका नेता स्थानीय सरोज कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । यादवमाथी बैकिंङ्ग कसुर शिर्षक सम्बन्धि मुद्धा परेकाले पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

Karaiya Mai Notice Winter

केहि दिन पहिले यादवमाथी बैकिंङ्ग कसुर शिर्षक सम्बन्धि मुद्धामा पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । पक्राउ परेका यादव गत २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरको वडाअध्यक्ष पदका लागी चुनाव लडेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed