विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्यटन वर्षलाई स्थानीय सहयोग गर्न बिराटनगरमा सडक

पर्यटन वर्षलाई स्थानीय सहयोग गर्न बिराटनगरमा सडक

सिम्रौन्गढ़ नपा psa

उषा सरदार

Karaiya Mai Notice Winter

,बिराटनगर भ्रमण वर्ष २०२० लाई स्थानीय स्तरबाट सहयोग पुर्याउने उद्देश्यले बिराटनगरमा पहिलो पटक ३ दिने सडक महोत्सव गर्ने भएको छ।शुक्रबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश १ को राजधानी बिराटनगरमा मन्जिना मुभिज क्रिएशनले अगामी माघ १ देखि ३ गते सम्म हुन लागेको महोत्सव बारे जानकारी गराएको हो। बिराटनगर २ स्थित शनिहाटमा आयोजना हुने महोत्सवमा स्वदेशी ,स्थानीय उत्पादन ,विभिन्न जातजातिका खानाका परिकारका स्टलहरु , व्यावसायिक स्टलहरु हुनुका साथै सांगीतिक र सांस्कृतिक कार्यक्रम हुनेछ। उक्त कार्यक्रम स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरु बाट मनोरञ्जन प्रदान गरिनेछ भने स्थानिय कलाकारहरुलाई पहिलो प्राथमिकतामा राखिने छ भने हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिती रहने छ। दिउँसो ३ देखि राती ८ बजे सम्म लाग्ने दिन दिने महोत्सवमा १ सय वटा स्टलहरु हुनेछन। ३ दिनको लागि प्रत्येक स्टल ५ हजारको दर तोकिएको र बुकिङ्ग पनि खुल्ला गरिएको मन्जिना मुभिज निर्देशक जतिन ताम्राकारले जानकारी गराउनु भयो। बिराटनगर महानगरको सहयोगमा हुन लागेको महोत्सवको अनुमानित खर्च ३० लाख हुने छन भने १ लाख बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा पर्यटकिय गन्तब्यहरुको संक्षिप्त जानकारी तथा तस्बिर समेत राखिने छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed