विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन ,ज्यान गुमाउनेको संख्या १६ पुग्यो

सिम्रौन्गढ़ नपा psa


मंसिर २२ /बागलुङ
बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन भएसगै ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको थियो। दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मंगलबार भएको दुर्घटनामा परि घाइते भएकी इस्मा गाउँपालिका ४ दोहोलीका २४ वर्षीया निमा केसीको उपचारका क्रममा शनिबार निधन भएपछि ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

निमालाई उपचारका लागि मंगलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ। जसमध्ये इस्मा गाउँपालिका ४ दोहोलीका ६५ वर्षीय धनबहादुर कार्कीको शव अर्को दिन भेटिएको थियो। दुर्घटनामा परेकामध्ये १० जनाको सोही दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामूहिक दाहसंस्कार गरिएको थियो।

घाइते भएका चार वर्षीय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का २२ वर्षीय जीवन कार्कीको भने उपचार भइरहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed