विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, मेला बाट १६५

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। बारा जिल्ला अदालत बाट मिति २०६७।०२।२७ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा ६ महिना कैद र रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका थिए। जिल्ला बारा कोल्हवी न.पा.वडा नं.२ बस्ने तेजन खाँ चौधरीको छोरा सुरज खाँ चौधरलाई मिति २०७६।०८।२२ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेका थिए। निजलाइ सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको जिप्रकाले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस्तै

गढीमाई मेलामा १६५ जना पक्राउ परेका थिए।
पंञ्चवर्षिय गढिमाई मेलामा आउनुभएका श्रद्धालु भक्तजनहरूको नगद तथा जिन्सी चोरी , पाकेटमारी कार्य तथा शंकास्पद गतिविधिमा संलग्न १६५ जना व्यक्तिहरूलाई पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बारा, मेला तथा मन्दिर सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरू (सादा पोशाक समेत) द्वारा पक्राउ परेका थिए। पक्राउ परेका मध्ये ५ जना नेपाली तथा ३६ जना भारतीय गरी जम्मा ४१ जना (२० महिला , २१ पुरूष) रहेका थिए। तिसबै व्यक्तिहरूलाई विभिन्न मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको र अन्य १२४ जनालाई आवश्यक छानबिन गरी जिम्मा जमानीमा छाडिएको जिप्रकाले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed