CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा भ्रष्टाचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

फेटा GP PSA
643
सिम्रौन्गढ़ नपा psa


२४ मंसिर – गुल्मीमा भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचार, ढिलासुस्ति र अनियमितता रोक्नको लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । संस्थाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहका लागि नागरिक सहायता कक्षको सञ्चालन, पासपोर्टको फाराम र फोटोको लागि निश्चित शुल्क तोकी अनिवार्य रुपमा रसिद पेश गर्नुपर्ने व्यवस्था, डिजिटल नागरिक वडापत्र, सिसिटिभि लगाएतको व्यवस्था गर्नुलाई सराहनीय काम भनेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तर स्थानीय तहमा आएको बेरुजु रकम घटाउन आवश्यक पहल गर्न, विकास निर्माणका कामहरु गुणस्तरहीन भएकोले अनुगमन गरी पारदर्शी बनाउन, सरकारी कार्यालयहरुको सेवाप्रवाहबारे नियमित सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण गरी सुशासन र पारदर्शितालाई सुनिश्चित गर्न माग गरेको छ ।

Karaiya Mai Notice Winter

त्यस्तै सरकारी तवरबाटै भ्रष्टाचारविरुद्धका संयन्त्रहरुलाई बलियो बनाउन, सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने वा सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्थालाई कार्यान्वयनका गर्न तथा सार्वजनिक निकायहरुले स्वतस्फूर्त रुपमा प्रकाशन गर्नुपर्ने सुचनाहरु नियमित रुपमा प्रकाशन गर्न पनि ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४÷७५ मा धुर्कोट गाउँपालिकामा एक करोड १६ लाख, मदाने गाउँपालिकामा ४८ लाख २६ हजार, मालिका गाउँपालिकामा तीन करोड ९९ लाख बेरुजु आएको छ ।

रुरु गाउँपालिकाको ७९ लाख १८ हजार, सत्यवती गाउँपालिकाको दुई करोड ८२ लाख, इस्मा गाउँपालिकाको ७८ लाख ५५ हजार, कालीगण्डकी गाउँपालिकाको १५ लाख ६७ हजार, चन्द्रकोट गाउँपालिकाको ३५ लाख ९२ हजार, गुल्मीदरबार गाउँपालिकाको तीन लाख ३९ हजार, मुसिकोट नगरपालिकाको चार करोड ३४ लाख र रेसुंगा नगरपालिकाको १ करोड ७२ लाख बेरुजु आएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लामा हुने विकास निर्माणका काम र पारदर्शीताको सम्बन्धमा सबै एकजुट हुनुपर्ने बताए । त्यसका साथै उनले भ्रष्टाचार न्यूनिकरणमा आफु सधै प्रतिवद्ध रहेको भन्दै ध्यानाकर्षण गराएकोमा संस्थालाई धन्यवाद दिए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संस्थाका संयोजक श्याम कुमार पाण्डे, दलित महिला संघकी कमला बराल, महिला विकास मञ्चकी हिरा कुँवर, एकीकृत ग्रामिण विकास समाजकी उपाध्यक्ष भगवती श्रीस, पत्रकार हुमाकान्त पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश