विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वास्थ्यकर्मीको एक्लो प्रयासले मात्र शतप्रतिशत खोप अभियान सफल नहुने मन्त्रि घिमिरे

स्वास्थ्यकर्मीको एक्लो प्रयासले मात्र शतप्रतिशत खोप अभियान सफल नहुने मन्त्रि घिमिरे

सिम्रौन्गढ़ नपा psa

उषा सरदार विराटनगर
प्रदेश १ का सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले शतप्रतिशत खोप महाअभियान कार्यक्रम अत्यन्तै राम्रो रहेको तर लक्षित वर्गसम्म पुर्याउन र कार्यसूचि अनुसार कार्यसम्पादन गर्न निकै ठुलो चुनौति रहेको बताउनु भएको छ । उहाँले जनस्वास्थ्य जस्तो गम्भिर र महत्वपूर्ण विषयमा उचित किसिमको सचेतनाका लागि स्वास्थ्यकर्मी एक्लैले मात्रै कार्य सफल नहुने र पूर्णरुपमा खोप अभियान सफल पार्नका लागि जनप्रतिनिधिहरु लगायत सबैको सहकार्य र सहयोग आवस्यक रहेको बताउनु भयो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले विराटनगरमा बुधबार आयोजना गरेको राष्ट्रिय पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले स्वास्थय क्षेत्रको खोप अभियानमा स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधिहरुको सक्रिय सहभागीताले मात्र उक्त अभियानले सफलता र सार्थकता पाउन सकिने बताउनु भयो। मन्त्रि घिमिरेले जब सम्म स्थानियस्तरका जनप्रतिनिधिहरु घरदैलो गर्दैनन् तब सम्म पूण खोप अभियान सफल नहुने र रेडियो टेलिभिजनको भरले मात्र लक्षित वर्गमा सुचना नपुग्ने बताउनु भयो। त्यसैले उक्त कार्यक्रम जनप्रतिनिधि केन्द्रित अभियान १ नम्बर प्रदेशमा यो कार्यक्रमको विषयमा सम्पूर्ण जनप्रनिधिहरुले थाहा पाउन जरुरी रहेको र जब सम्म

Karaiya Mai Notice Winter

जनप्रतिनिधिले यो अभियानको विषयमा थाहा पाउदैनन् तब सम्म यो पूर्ण खोपको अभियान पूर्ण रुपले सफता नहुने कुरामा घिमिरले जोड दिनु भयो । उहाँले अभियान भनेको अभियान हो यसलाई शतप्रतिशत लक्ष्य प्राप्त गर्न सबै जनाले योजनक सहित अगाडी बढनु पर्ने बताउनु भयो।
उक्त अभियानको लागि गाभीले ४५ करोड र नेपाल सरकारले ११ करोड गरि जम्ममा ५६ करोडको लागतमा राष्ट्रिय खोप अभियान संचालन गर्न लागेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा तथा परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनु भयो ।पहिलो चरण अन्तर्गत फागुन १ देखि ३० गते सम्म र दोस्रो चरणको कार्यक्रम चैत १ देखि ३० गते सम्म संचालन हुने छन।उक्त अभियानलाई सफल बनाउन नेपाल भरी ९ हजार तालिम प्राप्त स्वास्थ्यकर्मी र ५ हजार ५ सय स्थानिय सुपरिवेक्षण रहने छन।भने ४ लाख ९ हजार खोप केन्द्र स्थापना गरिने जानकारी गराउनु भयो
उक्त कार्यक्रममा सामाजिक विकास समितिका सभापती सरीता थापा ( खड्का ) ले स्वास्थ्यको विषय अत्यन्तै जटिल र संवेदनशिल भएको भन्दै यसमा सम्पूर्णको साथ र सहकार्यको आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि परिवार कल्याण महाशाखा नर्सिङ अधिकृत लक्ष्मि मरासिनिले प्रकाश पार्नु भएको थियो । बाल स्वास्थ्य तथा खोप सेवा शाखा परिवार कल्याण महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले राष्ट्रिय खोप अभियानको विषयमा प्रष्टयाउनु भएको थियो । भने दादुरा रुवेला तथा खोप अभियान। रोटा तथा सरसफाईको विषयमा बाल स्वास्थ्य प्रमुख खोप अधिकृत भरत भण्डारीले कार्यपत्र प्रस्तुत गर्नु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed