विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अर्घाखाँचीमा सत्र वटा पुननिर्मित बिद्यालय भवनको संयुक्त उद्घाटन

सिम्रौन्गढ़ नपा psa


२०७२ सालको बिनासकारी भूकम्पबाट क्षति भएका अर्घाखाँचीका सत्र वटा बिद्यालय भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय सांसदहरु टोपबहादुर रायमाझी,मानबहादुर बिक,पुष्पा भुसाल, राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का,प्रदेश सांसद चेतनारायण आचार्य,रामजीप्रसाद घिमिरे,जालपा भुसाल,जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा,उपप्रमुख रिषी बहादुर पुलामी, निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे लगायतले पुनर्निर्माण सम्पन्न भएका जिल्लाका बिभिन्न १७ वटा बिद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

शुक्रबार सन्धिखर्कमा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा गुणस्तरीय शिक्षा प्रदानगर्न प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्पबाट क्षति भएको अर्घाखाँचीमा विद्यालय, निजी आवास र मोटरबाटो लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताउनुभयो । ज्ञवालीले हामीले बनाउने संरचनाहरु सुरक्षीत तरीकाले बनाउन सकेमा भुकम्पीय जोखीमबाट बच्न सकिने भन्दै अबको संरचना सुरक्षीत तरीकाबाट निर्माणगर्नु पर्नेमा जोड दिनुभयो । यस्तै ज्ञवालीले पुनर्निमार्ण भएका भवनहरुको संरक्षणमा बिशेष ध्यान दिन सरोकारवाला हरुलाई आग्रह समेत गर्नुभयो ।

karaiya holi 2082

संघिय सांसद टोपबहादुर रायमाझीले जिल्लामा पुनर्निर्माण कार्य राम्रोसँग अघि बढेको बताउँदै भौतिक संरचनाहरुको पुनर्निर्माणले जिल्लाको मुहार बदलेको बताउनुभयो । रायमाझीले पुनर्निर्माणमा संलग्न सबैलाई धन्यवाद समेत दिनुभयो । यस्तै अर्का सांसद मानबहादुर बिकले बिद्यालय भवन, निजी आवास लगायतका संरचनाहरु बनेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाइ गर्न प्राधिकरणलाई सुझाव दिनुभयो ।

Prasauni holi 2082

कार्यक्रकमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे,सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,जिल्ला शिक्षा समितिका सदस्य बिष्णु खनाल मुस्कान,सहायक प्रजिअ बिष्णुराज बेल्बासे,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्दै पुनर्निमार्ण कार्यको प्रशंसा समेत गर्नुभएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीका प्रमुख बलराम मिश्रले भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई समयमा सम्पन्न गर्नेगरी काम गरेको बताउँदै पुनर्निर्माणमा सहयोग गर्ने जिल्लाबासी सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रम जिल्ला आयोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीका ठाकुर श्रेष्ठको सन्चालनमा सम्पन्न भएको हो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed