CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वातावरण जिउने आधार संस्थाद्वारा वीरगंज लाइभ इपिसोड ३ को आयोजना देश परिवर्तन गर्न आफु र आफ्नो सोचलाई परिवर्तन गर्नुपर्छ : वक्ताहरु

फेटा GP PSA
742
सिम्रौन्गढ़ नपा psa

वीरगंज, २८ मंसिर ।
वातावरण जिउने आधार संस्थाले शनिबार वीरगंज लाइभ इपिसोड ३ मोटिभेसनल सेमिनार (प्रशिक्षण) कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजस्थित नगरसभा गृह भवन (टाउन हल) वीरगंज लाइभ इपिसोड ३ मोटिभेसनल सेमिनार सम्पन्न भएको हो ।

सो मोटिझेसनल सेमिनार कार्यक्रममा युवा नेतृ रन्जु दर्शना, जनता जान्न चाहन्छ कार्यत्रमका संचालक ऋषी धमला, डाटा संकलन केन्द्र नेपालका सिइओ मनिष झा, उद्योगी व्यवसायी तथा नेपाली कांग्रेसका पूर्व सांसद अनिल रु·टा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेसका महानगर संयोजक भोला साह कलवारले वृक्षमा पानी हाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यले अहिलेको समयमा शिक्षा बिनाको मानिस पशु सरह रहेको बताउनु भयो । मानिसले काम भन्दा पहिला शिक्षा हासिल गरी भविष्यमा केही गरेर देखाउनु पर्ने तथा मानिसमा शिक्षा भएमात्र उसले केही गर्न सक्ने बताउनु भयो । वहाँले हाम्रो देश भनेको हामी आफै रहेको तथा हामीले आफ्नो सोच परिवर्तन गरे मात्र देश पनि परिवर्तन हुने बताउनु भयो । डा. शाक्यले हाम्रो मुलुकको अर्थ व्यवस्था नराम्रो भएपनि हामीले चाहे अनुसार त्यसलाई परिवर्तन गरी राम्रो बनाउन सकिने र हाम्रो देशमा पानीको सदुपयोग गरेर बिजुली उत्पादन गर्न सके र पर्यटनलाई घुम्ने स्थल धेरै रहेको सोको सदुपयोग गरे हाम्रो देश सबैभन्दा धनी बन्न सकिने बताउनु भयो ।

Image may contain: 1 person, standing and suit
डा. दिपक शाक्य

त्यसैगरी काठमाण्डौंमा मेयरको चुनाव समेत लडेकी युवा नेतृ रन्जु दर्शनाले मुलुकमा विभिन्न किसिमका बिरामीहरु रहेका छन् । तिनीहरु मध्ये केही मानसिक स्वास्थ ठीक नभएको  हुन्छन्, त्यस्तो मानिसहरुलाई हेला नगरी कम्तीमा अस्पतालसम्म समेत पुर्‍याउनु पर्ने बताउनु भयो । वहाँले आफु डाक्टर नै हुनुपर्ने जरुरी नरहेको तथा कसैको सहयोग गर्न त्यस सम्बन्धी व्यक्ति नै हुनुपर्ने जरुरी नरहेको, जसले पनि गर्न सक्ने र गर्नु पर्ने बताउनु भयो । कुनै पनि कुराको बारेमा राम्रो सोच राख्नु पर्ने बताउनु भयो । वहाँले हाम्रो देशमा जन्मनु भएका गौतम बुद्धले पनि तपाईले जे सोच्नु हुन्छ त्यही भन्नु हुन्छ भनेर भनेका होइनन् तर अहिले युवापिढीले यही नै सही भनेर भन्ने गरेको बताउनु भयो । युवा नेतृ दर्शनाले युवा भनेको केही नयाँ कुरा सोच्नेलाई युवा भनिन्छ तर युवा भएर पनि अल्छी बन्ने, क्रिएटिभ हुन सक्दैनौ, नयाँ कुरालाई स्वीकार्न सक्दैनौ र नयाँ कुरा सोच्न सक्दैनो भने त्यो युवा नभएर बुढो भइसकेको तथा उमेरले मात्र युवा हौ भन्ने सोचलाई त्यागी दिन आग्रह गर्नु झएको थियो ।

Karaiya Mai Notice Winter
Image may contain: 4 people
रन्जु दर्शना

कार्यक्रममा जनता जान्न चाहन्छ कार्यत्रमका संचालक ऋषी धमलाले मधेशबाट निर्वाचित भएर देश हाक्ने प्रधानमन्त्री बने मात्र देशको भलो र विकास हुने तथा त्यसको बहस गर्न आफु सदैव तयार रहेको बताउनु भयो । उहाँले सातै प्रदेशमा सबै भन्दा बढी जनसंख्या तथा उद्योगहरु प्रदेश नं. २ मा रहेकोले यहाँको व्यक्ति प्रधानमन्त्री बनेमा देश नै परिवर्तन भएर राम्रो दिशामा परिणत हुने बताउँदै, उहाँले प्रदेश नं. २ को राजधानी जनकपुर नभई वीरगंज हुनुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 1 person, standing
ऋषी धमला

यसैबीच साउथ एसियाकै तेस्रो स्थानमा पर्ने डाटा संकलन केन्द्र नेपालका सिइओ र भीजिट नेपाल २०२०  प्रदेश २ को संयोजक मनिष झाले हाम्रो देश १६ औं शाताब्दीमा जुन अवस्थामा थियो अहिले २१ शाताब्दी चलिरहंदा झन त्यो अवस्था खस्केर तल झरेको बताउनु भयो । उहाँले देश विकास गर्न धेरै कुराको नभई थारै कुरा र राम्रो व्यवहारको खाँचो रहेको बताउनु भयो । कसैले पनि एकैचोटी देशलाई परिवर्तन गर्न सक्दैन तर मानिसले आफ्नो बोली, सोच र व्यवहारमा परिवर्तन ल्याए सबै बिस्तारै परिवर्तन हुंदै जाने बताउनु भएको थियो ।

Image may contain: one or more people and indoor
मनिष झा

वातावरण जिउने आधार संस्थाका पर्सा शाखा अध्यक्ष रोहित वर्णवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, सिटी डान्स एकेडेमीका राजन गुप्ता, विभिन्न कलेजका प्रिन्सिपलहरु, बुद्धिजिवी व्यक्तिहरु, संचारकर्मी र विभिन्न कलेजका विद्यँर्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो भने सो कार्यक्रमको सहजीकरण विवेक कर्णले गर्नुभएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश