विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका सेवाग्राहीलाई धम्काएर जबरजस्ती पैसा असुल्दै कर्मचारी

सिम्रौन्गढ़ नपा psa

कलैया (बारा), १ पुस ।
नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका कर्मचारीहरु सेवाग्राहीसँगै जबरजस्ती पैसा असुल्नमा व्यस्त छन् । बरियारपुमा लागेको गढीमाईको मेलामा विद्युत हुकिङ्ग गरेको भन्दै पैसा असुल्न पल्केका कर्मचारीहरु अहिले घरघरमा पुगी पैसा असुल्ने कार्यलाई तिब्रता दिएका छन् । मिटर रिडिङ्ग गर्न खटेका कर्मचारीहरु तपाईको मिटर कम रिडिङ्ग गरि रहेको छ, तपाई विद्युत चोरी गर्दै हुनुहुन्छ, यसबाट बचाई दिनका लागि ५ हजार, १० हजार रुपैया दिनुस् भनेर जबरजस्ती सेवाग्राहीलाई डराई धम्काई पैसा असुली गरि रहेका छन् । मिटर रिडिङ्ग गर्नका लागि नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैया तथा उपशाखा सिम्रौनगढबाट खटेका मिटर रिडरहरु सेवाग्राहीहरुलाई डराई धम्काई पैसा असुली रहेको घटना पटक पटक सार्वजनिक हुँदा पनि विद्युत प्राद्यिकरणका प्रमुख कम्मर ओढेर घ्यू पिउने कार्य गरि रहेका छन् । यस्ता घटना पटक पटक सार्वजनिक हुने गरेको छ तर कार्यालय प्रमुखले भने कारवाही नगरेको कारण यसमा उनको संलग्नता पनि रहेको भनेर आशंका गर्न थालिएको छ । भर्खरै सोमबार बारागढी गाउँपालिकामा मिटर रिडिङ्ग गर्न गएको विद्युत प्राद्यिकरणका कर्मचारी कृष्णा बैठाले सेवाग्राहीलाई धम्क्याएर पैसा असुल्न प्रयास गरेका थिए तर असफल भए ।

karaiya holi 2082


सेवाग्राहीसँग जबरजस्ती पैसा असुल्न खोजेपछि विवाद हुँदा स्थानीयहरु जम्मा भएपछि बैठा त्यहाँबाट फुत्केका थिए । मिटर रिडिङ्ग गर्न बारागढी गाउँपालिकाको वडा नं. १ पिपरा बजार स्थित खटेका बैठाले तपाईको मिटर कम रिडिङ्ग गरि रहेको छ, तपाई विद्युत हुकिङ्ग गर्दै हुनुहुन्छ, यसरी गर्दा तपाईलाई जेल पठाउन सक्छु, १० हजार रुपैया दिनुस् नत्र तपाई जेल पर्न सक्नुहुन्छ भनेर धम्क्याएका थिए । त्यस लगत्तै विवाद उत्पन्न भएपछि स्थानीयहरु जम्मा हुँदा बैठा त्यहाँबाट फुत्केका थिए । नेपाल सरकारको नियमानुसार कमिशनको आधारमा मिटर रिडिङ्ग गर्न खटाइएका यस्ता कर्मचारीहरु कसरी डराएर धम्काएर पैसा असुल्न सकिन्छ भन्नेतर्पm केन्द्रित भएको सेवाग्राहीहरुको गुनासो छ ।
मिटर कम रिडिङ्ग गरि रहेको छ अथवा केही समस्या छ भने त्यसलाई कानूनी प्रक्रिया अनुसार सुल्झाउन सल्लाह दिनुपर्नेमा जबरजस्ती कसरी पैसा असुल्न सकिन्छ भन्नेतर्फ यस्ता कर्मचारीहरु केन्द्रित भएपछि सेवाग्राहीहरु मर्कामा पर्न थालेका छन् । खुलेयाम निर्धक्क, निडरका साथ धम्की दिदै सेवाग्राहीहरु डराई पैसा असुल्न हिम्मत राखेका यस्ता कर्मचारीहरु कार्यालय प्रमुखकै संरक्षणमा पैसा असुली रहेको विद्युत प्राद्यिकरण श्रोतले जनाएको छ ।
यसमा कार्यालय प्रमुखको मिलोमतो छ, नत्र यसरी खुलेयाम धम्की दिएर कसैले पैसा कसरी माग्न सक्छ भन्दै प्राद्यिकरण श्रोतले तल्लो तहमा खटेका करारका कर्मचारीहरु अधिृकत स्तरभन्दा बढि पैसा कमाउने गरेको बताए । यस विषयमा बुझ्नका लागि विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका प्रमुख गजेन्द्र प्रसाद चौधरीको मोबाइल नं. ९८५१२२३५९० मा सम्पर्क गर्दा फोन काट्दा उनीसँग सम्पर्क हुन सकेन ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed