CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महशुल नबुझाउने गुल्मीका डेढ दर्जन सरकारी कार्यालयमा लाईन काटियो, कांग्रेस कार्यालय एक हप्ता देखी आँध्यारोमा

फेटा GP PSA
578
सिम्रौन्गढ़ नपा psa


गुल्मी, पुष २ । नेपाली काँग्रेस गुल्मीको जिल्ला पार्टी कार्यायल विगत एक हप्तादेखि अन्धाकारमा छ । सो पार्टीले विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रलाई विद्युत महशुल नबुझाएपछि एक हप्ता अघि लाइन काटिएको हो । सो पार्टी कार्यालयसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा पनि लाइन काटिएको रातोपाटी डट कमले खबर छापेको छ । तर सो पार्टीले लाईन काटिएलगत्तै विद्युत महशुल बुझाएपछि जोडिएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४ सय १९ रुपैयाँ महसुल बुझाएपछि लाइन जडान गरिएको छ भने नेपाली कांग्रेसले ५४ हजार ३ सय ३६ रुपैयाँ बुझाउनु पर्नेमध्ये केही रकम बुझाए पनि पुरा रकम नबुझाएका कारण लाइन जडान गर्न नसकिएको सो कार्यालयका आय प्रमुख विकास पन्थीले जानकारी दिए । पार्टी कार्यालयमात्र होइन सरकारी कार्यालयका पनि १५÷१६ स्थानमा लाइन काटिएको पन्थीले बताए । गाउँपालिकामध्ये मदाने गाउँपालिकाका अन्तर्गतका विभिन्न कार्यालयहरुको पनि काटिएको तर उनीहरुले पैसा बुझाएपछि जडान गरिएको पन्थीको भनाइ छ ।
पछिल्लो चरण विद्युत चुहावट गर्ने र विद्युत महशुल नतिर्ने जो कोहीविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए । उनका अनुसार पछिल्लो चरण ७१ वटा ग्राहकको लाईन काटिएको छ । उनीहरु बाट २५ प्रतिशत जरिवाना बाहेक २२ लाख ७ हजार ९ सय ९० रुपैया विद्युत महशुल अशुल गरिने छ । क्षेत्र नम्वर २ तर्फ करिव ६० वटा स्थानमा पनि लाइन काट्न टोली तत्काल खटाउन लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश