विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको पचरौतामा श्रीमतिको हत्या गरी जलाउदै गरेको शव प्रहरी नियन्त्रणमा

सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, पूस ६ ।

दाइजोको सिकार बाराको पचरौता नगरपालिका वाडा न.१ पिपरपातीमा एकजना महिला भएकी छिन । बाराको पिपरपातिमा जलाउँदै गरेको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पचरौता नपा -१ पिपरपाति बाट शव नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको शब जलाउँदै गरेको अवस्थामा शवलाई अनुसन्धानको लागि बारा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

Karaiya Mai Notice Winter

श्रीमान् र श्रीमतीबीच कहिलेकाही मनमुटाव हुन्छ तर त्यही मनमुटावले उग्ररूपली झगडामा परिणत हुँदा श्रीमनले श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको थाह पाए पछि शवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

माइती पक्षले नै सो घटनाको बारेमा प्रहरीलाई जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका
कयौँ उदाहरण भेटिन्छ । माइती पक्षले दोशीलाई उमकननदी पक्राउ गरी काननुको दायरामा ल्याउन जोड़दार मांग गरेका छ्न।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed