विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुसमा २५ जिल्लामा जनजागरण सभा हिन्दू परिषद नेपालले गर्ने

हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन (NDA) बनाउने

सिम्रौन्गढ़ नपा psa

बीरगंज ६ पूस ।

हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय बैठक आज बीरगंजमा सम्पन भएको छ। केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन बैठकले पूस महिना २५ जिल्लामा जनजागरण सभा गर्ने निर्णय गरेको छ।जिल्ला जिल्लामा सरोकरवालाहरु संग अन्तर्क्रिया, संगठन बिस्तार, धार्मिक स्थल अवलोकन एंव पूजापाठ, समान उद्देश्य बोकेको संघ-संस्था संग समन्वय एंवम सहकार्य गर्ने र हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन (NDA) निर्माण गर्ने र माघ महिनामा हिन्दू परिषद नेपालको राष्ट्रिय सम्मेलन काठमांडौमा गर्ने बैठकले निर्णय गरेको केन्द्रिय महासचिव अनिरुद्ध सिंहले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पूस १० गते रौतहट, ११ गते बारा, १२ गते पर्सा, १३ गते सर्लाही, १४ गते महोत्तरी र सिन्धुली, १५ गते धनुषा, १६ गते सिरहा र उदयपुर, १७ गते सप्तरी, १८ गते सुनसरी, १९ गते मोरंग र झापा, २२ गते मकवानपुर, २३ गते चितवन, २४ गते नवलपरासी, २५ गते रूपनदेही र पाल्पा,२६ गते कपिलवस्तु, २७ गते दाग़ र सुर्खेत, २८ गते बाके र बर्दिया, २९ गते कैलाली र कंचनपुरमा हिन्दू परिषद नेपालले कार्यक्रम गर्ने बैठकले तय गरेको छ।

बीरगंज स्थित श्री गहवामाई अथिति सदनमा बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबू प्रसाद कुर्मी,सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, सुकदेव साह कानू,भरत सरार्फ,सचितनन्द दुबे,उमेश साह कानू, किरण अग्रवाल, संतोष सरार्फ, आजीवन सदय मदन प्रसाद कुर्मी,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, वरिष्ठ उपाध्यक्ष छबिलाल उप्रेती,उपाध्यक्ष राधेश्याम सरार्फ, सचिव अंशु कुमार प्रजापति, जिल्ला सदस्यहरु बिरेन्द्र चौहान,ऋषिकेश पटेल, सल्लहकार जोगिन्द्र साह कलवार,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह, सचिव रंजीत चौरसिया, बड़ा न.१२ अध्यक्ष अरबिन्द साह कानू लगाएतको उपस्थिति रहेको थियो।हिन्दू परिषद नेपाल हिन्दू राष्ट्रको लागी २०७२ साल देखी नै संघर्ष गर्दै आईरहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed