विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालमा पाइने चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत

सिम्रौन्गढ़ नपा psa


गुल्मी, पुष ०९ । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत रहेकाे तथ्य फेला परेकाे छ । गुल्मीको रेसुंगा वन क्षेत्रमा यसअघि २ सय ८ प्रजातिका चराहरु फेला परेकोमा यस पटक थप २० प्रजातिका चराहरु फेला परेका हुन् ।
रेसुंगा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराहरुको बारेमा स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउने उद्देश्यले नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दुर्लभ प्रजातिका चराहरुको संख्यामा वृद्धि हुँदै गएको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताउनु भएको छ । रेसुंगा वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणअनुसार विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चरामध्ये रेसुंगामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डंगर गिद्ध, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ प्रजातिका चराहरु रहेका छन् ।
नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुंगा वन क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि भन्दै अति संकटापूर्ण अवस्थामा रहेका चराहरुको बासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिहरुको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रममा बताइएको थियो । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवर्द्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको भन्दै गुल्मीलाई भविष्यमा चरा पर्यटनको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिधिहरुले जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले वन संरक्षण, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा आ–आफ्नो क्षेत्रवाट सहयोग आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । दुर्लभ प्रजातिका चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती र समस्याको रुपमा बासस्थानको अभाव, वासस्थान परिवर्तन, वनक्षेत्रमा विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो र वन्यजन्त्तु र चराचुरुङ्गीहरुको अवैध शिकार जस्ता कारणहरु मुख्य रुपमा रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
५ वर्षदेखि गुल्मीको रेसुंगा, बलीथुम, पराल्मी र जुभुङ्गमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको नेपाल पंक्षी संरक्षण संघले गुल्मीमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै दुर्लभ प्रजातिका चरा र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed