विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बढ्दो सितलहरमा समाज परिवर्तन नेपालको सरहनीय काम

सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बिरगंज।

केहि दिन देखी बढ्दो सितलर, जाड़ो र हुस्सूले गर्दा दिन प्रतिदिन जनजीवन कष्टकर र प्रभावित हुदै गईरहेको छ। चिसोबाट सबभन्दा बढ़ी बालबालिक, बृद्ध र काम गर्ने मजदूरहरु लाई प्रभाव परेको देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यही बढ्दो चिसोलाई मध्यनजर गरी समाज परिवर्तन नेपाल बिरगंजले वड़ा न.१३ का बासिन्दालाई न्यानो लुगा (कपड़ा) सहयोग गरेका छन।

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको नेतृत्वमा युवाहरुले वीरगंज महानगरपालिका वडा नं. १३ नयाँ टोलमा गरिब, असहाय लाई कम्बल वितरण गरेका छन। लगातार केहिदिन देखि बढेको चिसो तथा शितलहरका कारण आम जनजिवन कष्टकर बन्दै गएको छ।

Karaiya Mai Notice Winter

शितलहरका कारण जाडोमा आर्थिक अभावका कारण जिवनयापन गर्न कष्टकर भइरहेको हुदा गरिब,असहायलाइ एक कार्यक्रमबिच ६० थान कम्बल वितरण गारिएको छ।

कार्यक्रममा सहयोगी मनोज निरौला, मो. शेख कलाम र शेख सलाम, रसुमिदिन अंसारी, महमुद अंसारी, कलिम अंसारी, माइ राम, नसुरुदिन अंसारी, सुदु सरार्फ लगाएत स्थानीय टोलवासिका सहभागिता रहेको थियो। समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले बताए ।

असहायलाई न्यानो लुगा बितरण गर्ने अवस्था यतिबेला आईसकेता पनि स्थानीय तहले यसतर्फ कुनै ध्यान नदिएकोले झन बुद्धबुद्धा, असहाय र असक्त व्यक्ति मारमा परेका छन् । सितलहरले गर्दा पर्सा, बारामा बिधायल पनि बन्द गरिएको छ।

हाम्रो सक्दो र सानो प्रयास भए तापनि यसलाइ निरन्तरता राखने समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed