विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अस्पतालको लापरवाहीले दुई महिलाको मृत्यु

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी सुनिता देबी ठाकुर र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

माइती घर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन अस्पतालकी डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी र डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् ।

उपचार कै क्रमा बुधबार उनको अचानक पिसाब रोकिएको तथा धडकन नचलेको कारणले निज अमृतालाई अस्पतालले भेन्टिलेटरमा राखेको थियो । भेन्टिलेटरमा राखेपनि निज अमृतको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् । अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप अमृताको आफन्तजनको रहेको छ ।

Karaiya Mai Notice Winter

अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको अवस्था चिन्ताजनक भए पछि उसका आफन्तजनले रेफर गराई उपचारका लागि भरतपुर लगेका थिए ।

भरतपुर लगिएको सुनिताको पनि बिहिवार राती मृत्यु भएको उनको आफन्त साहेब ठाकुरले वताए ।

ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएको ओमप्रकाशका दाई साहेबले वताए । मृतककी श्रीमान ठाकुरका अनुसार डा. थापाले आज भन्दा करिब तीन वर्ष पहिला बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा अप्रेसन गरि एउटा बच्चाको जन्म दिएका थिन।

सोही अनुसार यस पासपाली थापाकै क्लिनिकमा लगेको ठाकुरले बताए। ठाकुरका  अनुसार डा. थापाकै क्लिनिकमा नै लापरबाही भएकोले श्रीमती गुमाउनु परेको सि.आइ. एन. नेपाल संग कुरा गर्दै ठाकुरले बताए। ठाकुर लाई डा. थापाले बताए अनुसार किड्नीको समस्या कहिले पनि नभएको तर आफ्नो गलती लाई ढाकछोप गर्नलाई बहाना बनाएको ठाकुरको आरोप रहेको छ।

यश विषयमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर संग बुझ्दा आफुलाई केही थाह नभएको वताए । अस्पतालकी डा. थापाले घटना बारे ढाकछाेप गर्दै मृत्युको कारण बारे अनुसन्धान भईरहेको वताईन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed