CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँची आएका धुर्मुसले भने :-रंगशाला निर्धारित समयमै बन्छ

फेटा GP PSA
612
सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची, १२ पुस -धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाइएको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको विमा जागरण कार्यक्रमका लागी अर्घाखाँची आएका सिताराम कट्टेल ‘धुर्मुस’ ले एकीकृत नमुना बस्तीजस्तै निर्धारित समयमै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला समयमै सम्पन्न हुनेमा विश्वस्त दिलाएका छन् । ‘केही महिनाभित्रमा नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय खेलमैदान तयार हुन्छ । धेरै समय पनि लाग्दैन’–उनले भने ।<
उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एक÷एकओटा कक्ष निर्माण भइरहेको समेत जानकारी दिए । तर, त्यसका लागि हरेक जिल्लाले आ–आफ्नो कक्ष निर्माणको जिम्मा लिए त्यसको अपनत्व बढ्ने जिकिर पनि उनले गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताए । ७७ वटै जिल्लाकालागी निमार्ण हुने एक÷एकवटा कक्ष निमार्णका लागी अर्घाखाँची जिल्लाको संयोजकमा कृष्णप्रसाद भुसाल चयन भएका छन् । हाम्रो रङ्गशाला, हामी बनाउँछौं महाअभियान अन्तर्गत जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ७७ वटै जिल्लामा सहयोग समिति गठन गर्ने क्रममा अर्घाखाँचीमा भुसालको संयोजकत्वमा २३ सदस्यीय जिल्ला स्तरिय सहयोग समिति, अर्घाखाँची गठन गरिएको छ ।

जसको सहसंयोजकमाा सहयोगी वीसी, सचिवमा शिव बेल्वासे, सदस्य सचिवमा श्रीकृष्ण भुसाल, कोषाध्यक्षमा राधा आचार्य, सदस्यहरुमा हरी प्रसाद भुसाल, प्रदिप मिश्र, कविराज खनाल, काजी श्रेष्ठ, प्रेम थापा, पुष्करनाथ आचार्य, छमा कार्की, शुशिला कन्जाडे, हिम लेकाली, राजेन्द्र जिसी, बलबहादुर वीसी, प्रकाश भुसाल, प्रेमनारायण गैरे, तिलका भुसाल, कृष्णबहादुर भुसाल, मोहन सिंह ठकुरी, ऋषी भट्टराई र बिष्णु परियार चयन भएका हुन । जनस्तरबाट निर्माण हुने यस राष्ट्रिय गौरवको परियोजनामा ७७ वटा कक्ष रहने भएकाले हरेक जिल्लाले अपनत्व ग्रहण गरी आफ्नो जिल्लाको नाममा कक्ष निर्माण गर्न सकिने अभियान्ता कट्टेलले बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश