विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन खुला सडक दौड प्रतियोगिता गर्दै

भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन खुला सडक दौड प्रतियोगिता गर्दै

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला कमिटी मोरङले खुल्ला सडक दौड प्रतियोगिता गर्ने भएको छ।
आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एकेडेमीको स्थापना दिवस जनवरी १ को अवसर पारेर पुष १६ गते बिराटनगरको सहिद मैदानबाट खुल्ला सडक दौड प्रतियोगिताको सुरुवात हुने आयोजकले जानकारी गराउनु भयो।भ्रमण वर्ष २०२० लाई भव्य बनाउन टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा महिला र पुरुष गरि करिब ५ सय जनाले सहभागिता जनाउने प्रतियोगिताका संयोजक तथा एकेडेमीका जिल्ला उपाध्यक्ष मनोज विक्रम साहले बताउनु भयो। उक्त प्रतियोगितामा पुरुष धावकले ५ कि. मि. र महिला धावकले ३ कि. मि. को दुरि तय गर्नु पर्नछ। पुरुष र महिला दुबै तर्फ प्रथम हुनेले जनही नगद रु. ११ हजार ,दोस्रो हुने नगद रु. ७ हजार , तेस्रो हुने नगद रु. ५ हजार ,तथा बाँकी दुबै तर्फको ७-७ जनालाई जनही नगद रु.३-३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने मोरङ जिल्ला अध्यक्ष भूपाल श्रेष्ठले जानकारी गराउनु भयो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed