विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालारानीका राकेशका छोराको हातखुट्टा नै जल्यो पैसा नहुँदा उपचार गर्न धौ धौ

सिम्रौन्गढ़ नपा psa


वर्षअघि क्यान्सरबाट एउटा खुट्टा गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका–५ का राकेश थापाको परिवारमा फेरि अर्को पीडा थपिएको छ ।आर्थिक अवस्था निकै कमजोर रहेका थापाका छोराको केही दिनअघि आगोमा परेर हातखुट्टा जलेपछि उपचार खर्च नहुँदा समस्या भइरहेको हो ।थापाले २०७३ सालमा क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनुप¥यो । अहिले उनी घरमै आराम गरेर दिन बिताइरहेका छन् ।

आयस्रोत केही पनि नभएका कारण सहयोगकै भरमा उनले दैनिक खर्च टार्दै आएका छन् । चरम अभाव र गरिबीमा जीवन बिताइरहेका राकेशको परिवारमा फेरि अर्को आपत् आइलागेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

१४ वर्षका छोरा राजन थापा पानी तताउने क्रममा दुवै खुट्टा र हात जलेपछि घाइते भएका छन् ।उनका खुट्टामा ३ वटा र हातमा ३ वटा अपरेसन गरिएको छ । काठमाडौँस्थित कीर्तिपुरमा उपचार भइरहेको र खर्चको जोहो गर्न निकै समस्या परेको उनका बुवा राकेशको गुनासो छ ।पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझ्,ीको पहलमा स्वस्थ्य मन्त्रालय बाट दिने निशुल्क सेवाको लागी पहल र नव दीपयुवा क्लबले सामाजिक सञ्जालमार्फत् चलाएको आर्थिक सहयोग अभियानबाट थोरै रकम जुटे पनि त्यो अपर्याप्त रहेको जनाइएको छ ।आफूहरुसँग नभएर सहयोग माग्नुपरेको भन्दै राजनका हजुरबुवाले पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।आर्थिक अवस्था निकै दयनीय रहेको यो परिवारले उपचार खर्च जुटाइदिन सबैतिर याचना गरिरहेका छन् ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed