CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनता माबिको ३४ औं वार्षिकोत्सब तथा ३५ औं अभिभावक दिवस

फेटा GP PSA
1,095
सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, जीतपुर ।

कृषि प्राविधिक शिक्षालय जनता माध्यमिक बिद्यालय रजघट्टाले बिहिवार ३४ औँ विद्यालय वार्षिकोत्सव तथा ३५ औँ अभिभावक दिवस मनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको यस विद्यालयले आफ्नै प्राङ्गणमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वार्षिकोत्सवका आवसरमा विद्यालयले आफ्ना सम्पुर्ण शिक्षक शिक्षिकका छोरा छोरी जनता माध्यमीक विद्यालय मै पढने बहु प्राबिधिक शिक्षालय बनाउने २०७७ मा भर्ना हुने बिद्यार्थी मध्य १०० जनालाई निशुल्क रुपमा ड्रेस उप्लब्ध गराउने, छात्रवृत्ति अभियान अन्तर्गत ३ लाख ४९ हजार गरिब तथा जेहन्दार विद्यार्थीलाई बितरन गर्ने, ओमराज पान्देय छात्रवृत्ति कोशमा १० हजार सहयोग गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।

Karaiya Mai Notice Winter

यसैगरी विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम हुने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न क्षेत्रमा रहेर विद्यलायलाई सहयोग गर्ने सहयोगी हातहरु लाई सम्मानित गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर १४ का वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामशरण बर्तैलाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जीत्पुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद प्रमुख शिवजी साह, वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने लगाएत पत्रकार अनिल तिवारी, बेद भट्ट, मनोज साह, बिदुर खडका, शरदा पोखरेलको समेत उपस्थिती रहेको कार्यक्रम संचालक राजु अधिकारीले जानकारी दिनुभयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश