CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सातौ राष्ट्रिय कृषिगणनाको लागि सरकारवालाहरुसंग छलफल

सातौ राष्ट्रिय कृषिगणनाको लागि सरकारवालाहरुसंग छलफल

फेटा GP PSA
945
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
अगामी हुने सातौ राष्ट्रिय कृषि गणना २०७८ मा समावेश गरिने विषयवस्तु सम्बन्धमा सरकारवालाहरुसंग छलफल गरेको छ। मंगलबार बिराटनगरमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङ्गको आयोजनामा प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया गर्दै आवश्यक सुझाव संकलन तथा छलफल गरेको हो। राष्ट्रिय जनगणना सकिएको ६ महिना पछि सातौ राष्ट्रिय कृषिगणना सुरु हुने केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्री कुमार कार्कीले जानकारी गराउनु भयो। उहाँले तीन तहका सरकारलाई चाहिने कृषि सम्बन्धि तथ्यांक उपलब्ध गराउने उदेश्यले कृषि गणना गर्न लागिएको बताउनु भयो। कार्कीका अनुसार नयाँ संघीय संरचना अनुसार आवश्यक पर्ने कृषि तथ्यांकको प्रवाह गर्नु साथै समयानुकूल विषयवस्तुमा जलवायु परिवर्तनले पुर्‍याएको असर, महिलाको नाममा रहेको जग्गा ,कृषि बीमा तथा अनुदान ,बाली अवशेष तथा कृषिकार्यबाट सृजित फोहोरको व्यवस्थापन ,बालीमा विषादीको प्रकार अनुसार प्रयोग, कृषि बनको अभ्यास ,हरितगृह कृषि खेती प्रणालीको अभ्यास ,सरकारी सेवा सुबिधामा कृषकको पहुच लगायतको जल्दाबल्दा विषयहरुको उठान समेत अगामी कृषि गणनामा गरिने बताउनु भयो। कृषि गणना प्रदेश तथा स्थानीय निकायको सहकार्यमा गर्दा अझ बढी प्रभावकारी एवं मितव्ययी हुने भएकोले सोही अनुरुप सहकार्य गरि अगाडी बढने विभागले बताउनु भयो। कुल ग्रहस्थ उत्पादनमा करिब एक तिहाई योगदान रहेको कृषिक्षेत्रको गुणस्तरिय तथ्यांक संकलन गरि सहि योजना तर्जमा गर्न सके सरकारले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना सकार गर्न तथ्यांक सहायक बन्ने कार्कीले बताउनु भयो। नेपालमा वि. स. २०१८ सालदेखि हरेक दस,दस,वर्षमा कृषि गणना गर्दै आईरहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश