विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर

Karaiya Mai Notice Winter

मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा. लि. ले सात वटै प्रदेशका महिला उद्यमीहरुलाई लक्षित गरि विभिन्न तालिम संचालन गर्ने सम्झौता अनुरुप मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा महिला उद्यमीहरुको लागि उद्यम सम्बन्धि अन्तरक्रियात्मक तालिम संचालन गर्न लागेको हो। बिहीबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला उद्यम समितीका अध्यक्ष संतोष जैनले उक्त तालिम आयोजना गर्न न्यू विजनेस एज प्रा. लि. लाई दुबै संस्थाका महिला उद्यमी समितिले यस क्षेत्रका सम्पुर्ण महिला उद्यमीहरुलाई सहभगी गराउन आवश्यक समन्वय गरिरहेको बताउनु भयो।उक्त अन्तरक्रियात्मक तालिममा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता लगायत व्यवसाय संचालन गर्ने प्रारम्भिक प्रक्रियाहरु, संचालन गर्दा देखा पर्ने व्यवसायिक जटिलताहरु, तिनका निराकरणका उपायहरू ,व्यवसायसंग सम्बन्धित विभिन्न निकायहरु आदि विभिन्न व्यवसायीक जानकारीहरु सम्बन्धित स्रोत व्यक्तिहरूबाट उपलब्ध गराउने उद्देश्यले संचालन गर्न लागिएको जैनले बताउनु भयो। उहाँले उक्त तालिममा महिला उद्यमीहरुले आ- आफ्ना व्यवसायिक जिज्ञासाहरु राख्न सक्ने र त्यसको प्रष्ट जानकारी श…

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed