विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जहदा ४ मा वडा अध्यक्ष कप क्रिकेट हुने

जहदा ४ मा वडा अध्यक्ष कप क्रिकेट हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
लक्ष्मिनिया युवा क्लबको आयोजनामा मोरङ्गको जहदा गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ।वडा नम्बर ४ स्थित रामचौकको फिल्डमा अगामी पुस २६ गते सुरु हुने क्रिकेट खेलको उद्घाटन जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले गर्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार शाहले पुस २६ गते देखि माघ ५ गते सम्म हुने क्रिकेट प्रतियोगितामा जहदा गाउँपलिकाका सबै वडा,कटहरी ,धनपालथान,बिराटनगर र भारत गरि कुल १६ वटा टिम सहभागि हुने बताउनु भयो। उक्त प्रतियोगिताको बिजेता टिमलाई नगद रु. ५१ हजार र उपबिजेता टिमलाई नगद रु. २१ हजार सहित प्रमाणपत्र ,कप र मेडलको समेत व्यवस्था गरिको छ। उक्त प्रतियोगितामा सहभागी हुन चाहने टिमलको लागि रु. ५ हजार तिरेर सहभागी हुन पाउने आयोजकले जानकारी गराउनु भएको छ। उक्त प्रतियोगिताको लागि रु. १ लाख २५ हजार वडा कार्यालयले आर्थिक सहयोग गर्ने आयोजकले बताउनु भयो। प्रतियोगितामा जम्मा रु. २ लाख ८० हजार खर्च हुने अनुमान गरेको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed