विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अतिक्रमित भूमी फिर्ताको माग गर्दै शान्ति समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिम्रौन्गढ़ नपा psa

मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ ।
भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आँच आउने काम गरेको भन्दै समाजले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री लाई ध्यानकर्षण गराएको छ ।
नयाँ राजनीति नक्सा तुरुन्त सच्याउनुपर्छ भन्दै शान्ति समाजले ध्यानाकर्षण पत्र बुझाएको छ ।साथै यस संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई आग्रह सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले आजनै प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।
क्त पत्र बुझाउन मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति अशोक पौडेल समाजका जिल्ला प्रतिनिधि तथा पत्रकार महासङ प्रदेश सदस्य प्रेमनारायण आचार्य पत्रकार महासङ कोषाध्यक्ष बिनोद गैरे शान्ति समाजका सह सचीव सुरज रायमाझी सदस्य हरु लक्ष्मण घिमिरे बिष्णु खनाल कृष्ण परियार लगाएत को टोलि गएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed