विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मृगौला फेल भएर एउटै परिवार तीनको मृत्यु, कान्छा जीवन र मरणको दोसाँधमा

सिम्रौन्गढ़ नपा psa


गुल्मी, २३ पुस। व्यक्ति र परिवारमा कहिलेकाहीँ शोक पर्छ । त्यसको सामना चाहेर वा नहाचेर गर्नैपर्छ । तर दुख र दर्दले पनि सिमा नाघेपछि परिवारलाई सहन मुस्किल पर्ने रहेछ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी अज्र्याको न्यौपाने परिवारलाई त्यहि भएको छ । यो परिवारमा अनौठो पीडा छ । त्यो पीडा घट्दैन तर बर्षैपिच्छे थपिएको छ । न्यौपाने परिवारमा मृगौला फेल भएर तीन जनाको लगातार मृत्यु भयो । अहिले एक जना जीवन र मरणको दोसाँधमा छन् । जसका लागि परिवारले सहयोगको याचना गरिरहेको छ । वामी अज्र्याका भोला न्यौपानेका डेढ बर्षयता मृगौला रोगले पीडित बनेका छन् ।
जेठा, माइला र साइलाको मृत्यु
भोलाका जेठा दाजु प्रकाशको ३१ वर्षको उमेरमा मृगौला फेल भएकै कारण निधन भएको हो । २८ वर्षको उमेरमा माइला दाजु तारापतिले पनि सोहि कारण ज्यान गुमाएको पीडित भोला न्यौपानेले बताए । साइला दाजु डिलारामको गत वर्षको मंसिर १७ गते ३३ वर्षको उमेरमा ज्यान गयो । डिलारामको मृगौला प्रत्यारोपण गरिए पनि त्यसले छ वर्षबढी काम नगरेको कारण मृत्यु भएको न्यौपानेले बताए ।
न्यौपाने परिवारमा पाँच भाई छोरा
स्थानीयका अनुसार कलाधर न्यौपानेका पाँच भाइ छोरा हुन् । तीमध्ये तीन भाइको अल्पायुमै मृगौला रोगका कारण निधन भैसकेको छ । एक छोरा सोही रोगका कारण थलिएका छन् । पाँच भाईका बुवा कलाधरको पनि २०५५ सालतिर शरीर फुलिने समस्याका कारण निधन भएको छिमेकी पार्वति लामिछानेले बताइन् । उनले अहिले जस्तो स्वास्थ्य सेवाको पहँुच नभएका कारण रोगको स्पष्ट पहिचान नहुँदै मृत्यु भएको बताइन् । भोलाका काइँला दाजु सुरज वैदेशिक रोजगारीको क्रममा साउदीमा छन् । आमा केतुकलाको पनि मृत्यु भइसकेको छ ।
भारतमा मजदुरी र रोग
थपिदै गएको पारिवारिक पीडाका कारण भोला कामको शिलसिलामा भारत हरियणामा थिए । एक्कासी मृगौलाको समस्या देखिएको भोलाले बताए । उनले अहिले पनि हरियणास्थित मनिमल्टि स्पेसलाइट हस्पिटलमा हप्ताको दुई पटक डायलासिस गराइरहेका छन् । उनकी श्रीमतीले हरियणामै सानोतिनो खाजा पसल चलाएकी छिन् । तर, बिरामी श्रीमान् र सानो छोरालाई स्याहार गर्ने जिम्मेवारीका कारण उनले त्यसमा समेत सफलता प्राप्त गर्न सकेकी छैनन् । भोला मिर्गाैला प्रत्यारोपण गर्न चाहान्छन् । बाँचेर केही गर्ने आशा जागेको छ तर उपाय छैन । ‘मृर्र्गौला ट्रान्सप्लान्ट गर्ने विचार गरेर आफन्तसँग गुहार मागेको छु, मेरो सम्पति दुखकै खर्चले सकाएँ,’उनले भने,‘शुभेच्छुकले दया देखाए बाँच्ने आशा छ ।’ उनले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवल शाखामा रहेको आफ्नो खाता नं.००१२०१००२१५१०३०००००१ मा रकम सहयोग गर्न आग्रह गरेका छन् ।
झण्डै चार लाख सहयोग
भोलाको सहयोगका लागि झण्डै चार लाख संकलन भएको छ । आइतबार बुटवलको दीपनगरमा वामी विश्व सम्पर्क मञ्च जापान शाखाले जुटाएको तीन लाख ९१ हजार ४८ रुपैंयाँ न्यौपानेलाई प्रदान गरिएको छ । वामीसँग जोडिए विभिन्न देशमा रहेकाहरुले सहयोग गरेका छन् । त्यस्तै तिलोत्तमा–८, प्रदीपनगरका वरिष्ठ समाजसेवी चिन्तामणी चालिसे र वामीका राकेश केसीले पनि भोलालाई आर्थिक सहयोग गरेका छन् । मञ्चको जापान शाखा अध्यक्ष बोधशाली गौतमको नेतृत्वमा संकलन भएको रकम निवर्तमान अध्यक्ष रवि घिमिरे, नारायण चालिसे, लाल बहादुर थापा लगायतले न्यौपानेलाई हस्तान्तरण गरेका हुन्

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed