विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कफी सुपरजोन गुल्मीको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa


कफी सुपरजोन गुल्मीको आयोजनामा आर्थिक बर्ष २०७६।७७ को वार्षिक कार्यक्रम सार्बजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कफी सुपरजोन कार्यक्रम अर्घाखाँची सहित गुल्मी, प्युठान, पाल्पा र स्यांगजा जिल्लामा लागु भएको छ । कार्यक्रममा एक बर्ष भित्र गरिने कार्यहरुको बारेमा समिरसिंह बहराई मगरले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समनवय समितिका प्रमुख पिताम्बर शर्माले कार्यक्रम लागु गर्न एकै स्थानमा एक सय ५० रोपनी क्षेत्रफलमा कफी खेती हुनु पर्ने नियम तत्काल सच्चाउन सम्बन्धित निकाय लाग्नु पर्ने बताउनु भयो बढि भन्दा बढी कृषकहरुलाइ फाइदा हुने गरि कार्यक्रम बनाउनु पर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीले कफी कृषकहरुलाइ फाइदा पुग्ने खालका कार्यक्रम सञ्चालन गरि अर्घाखाँचीमा कफी खेती उत्पादन बृद्धि गर्न लाग्नु पर्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले धमाधम गबारो किराले कफीका बोटहरु मरेकाले यसको रोकथामकालागि ध्यान दिन आग्रह गर्नु भयो । जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त, मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री ,कफी कृषक पुस्करनाथ बन्जाडे पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed