विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साढे तीन लाखको लागतमा विरियानी पसल संचालनमा

साढे तीन लाखको लागतमा विरियानी पसल संचालनमा

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर
सबैले विरियानीको स्वाद लिन पाउन भन्ने उद्देश्यले बिराटनगरमा आजबाट रेड चिल्ली विरियानी पसल संचालनमा आएको छ।बिराटनगर -६ स्थित भाटभटेनी छेउमा करिब साढे तीन लाखको लगानीमा खोलिएको उक्त पसलको उद्घाटन पसल संचालकको ५५ वर्षिया आमा नाज बानोले गर्नु भएको छ। उक्त पसलमा १ सयमा कुखुरा मासुको विरियानी र २ सयमा खसी मासुको विरियानी लगायत कबाब रोल,चिकेन कबाब,अण्डा रोल,मटन कोर्मा आदि परिकारहरु उपलब्ध रहेको छ। साथै उक्त पसलबाट बिराटनगर भरी नि: शुल्क घर पुर्याइदिने व्यवस्था समेत रहेको संचालक शेखले बताउनु भयो।उहाँले पछिल्लो समय भारतीय परिकार विरियानीको माग बढदै गइरहेकोले यसलाई ध्यानमा राखदै गरिबहरुले पनि खान पाउन भन्ने उद्देश्यले यो पसल संचालनमा ल्याएको बताउनु भयो। साथै भ्रमन वर्ष २०२० मा आउने भारतीय पर्यटकहरूलाई ध्यानमा राख्दै उक्त पसलमा परिकारहरु पकाउन दिल्लीबाट दक्ष कारीगर बेलाएको बताउनु भयो। उहाँले ४ जना स्थानिय युवाहरूलाई रोजगारी प्रदान गरेको बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed