विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अवैध मदिरा सहित २ जना सन्धिखर्कबाट पक्राउ

सिम्रौन्गढ़ नपा psa

प्रहरीले अवैध भारतीय मदिरा सहित दुई जनालाई सन्धिखर्कबाट पक्राउ गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर–१ डम्पींग साइडमा बा १६ च ६४७२ नम्बरको सिंगल क्याब जिप चेकजाँच गर्दा राजस्व छली गरी बेचविखनको उद्धेश्यले ल्याईएको दस कार्टुन मदिरा सहित २ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा गाडी चालक कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर–२ बस्ने विष्णु न्यौपाने र वाणगंगा नगरपालिका वडा नम्बर–४ बस्ने भोजराज पौडेल रहेका छन् । पक्राउ परेका दुबै जनालाइ आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाईएको प्रहरीले बताएको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed